Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

रणनीतिक तेल भण्डारबाट ५ करोड ब्यारेल कच्चा तेल निकाल्न बाइडेनको निर्देशन

 एजेन्सी ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको रणनीतिक तेल भण्डारबाट पाँच करोड ब्यारेल कच्चा तेल निकाल्न आदेश दिनुभएको छ । पेट्रोलियम पदार्थको विश्वभर बढ्दो मूल्य नियन्त्रण गर्न भन्दै राष्ट्रपति बाइडेनले नुनिलो गुफामा अमेरिकाले राखेको मध्ये पाँच करोड ब्यारेल तेल निकाल्न आदेश दिनुभएको समाचार संस्था सीएनएन जनाएको छ । 

बाइडेनले पेट्रोलियम पदार्थको धेरै खपत गर्ने चीन, भारत, बेलायत, जापान र दक्षिण कोरियालगायत देशसँग छलफल गरेर तत्काल तेल निकाल्न निर्देशन दिएको खबरमा उल्लेख छ । 

अमेरिकी बजारमै कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल ७८ दशमलव ६५ अमेरिकी डलर पुगेको छ । आउँदो डिसेम्बर १५ भित्र पाँच करोड ब्यारेल तेल निकालेर तरल इन्धनमा भएको मूल्यवृद्धि नियन्त्रण गरिने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको सीएनएनले जनाएको छ ।

खाडीका देशहरूले तेल आपूर्ति बन्द गरेपछि अमेरिकाले सन् १९७५ मा विशाल तेल भण्डार खडा गरेको थियो । टेक्सस र लुजियाना राज्यबीच बनाइएका विशाल भूमिगत गुफाहरूमा अमेरिकाले ७० करोड ब्यारेल कच्चा तेल भण्डारण गरेको अनुमान छ । अमेरिकाले बनाएका ती गुफा संसारकै ठूला आपत्कालीन इन्धन भण्डारण गृह हुन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP