Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

नेकपाले कपिलवस्तुमा मनायो रक्तदान र दीप प्रज्वलन गरी पार्टी पुनर्गठन दिवस


घनश्याम भर, (विजयनगर) कपिलवस्तु ।

नेत्र विक्रम चन्द (विप्लव) नेत्तृत्वको नेपाल कम्युनिष्ट पार्टीले ८ औँ पार्टी पुनर्गठन दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहँदा कपिलवस्तुमा पनि रक्तदान र दीप प्रज्वलन गरी पार्टी पुनर्गठन दिवस मनाइएको छ । कपिलवस्तुको शिवराज नगरपालिका –१, मा अवस्थित नेपाल आदर्श नमुना माध्यमिक विद्यलायको प्राङ्गण शिवपु्रमा रक्तदान कार्यक्रम गरी पार्टी पुनर्गठन दिवस मनाइएको आयोजकले जनाएको छ ।

बुधवार आयोजित रक्तदान कार्यक्रम रेडक्रस सोसाइटी भैरहवा रुपन्देहीको प्राविधिक सहयोगमा ४१ जना रक्तदाताहरुले रगत दान गरेको नेकपा शिवराज नगर कमिटीका इन्चार्ज बिनोद लुइटेल (पावेल)ले जानकारी दिनुभयो ।


यस्तै पार्टी पुनर्गठनकै अवसरमा बुधवार साँझ शिवराज नगरपालिकाको चन्द्रौटा चोकमा भव्यरुपमा दीप प्रज्वलनको साथै शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरी पार्टी पुनर्गठन दिवसलाई उत्सवको रुपमा मनाइएको नगर इन्चार्ज पावेलले बताउनुभयो ।


युवा संगठन नेपाल कपिलवस्तु जिल्लाका सदस्यसमेत रहेका पावेलले मुख्य नेत्तृत्वबाट नै प्रतिक्रान्तिको थाल्नी भएको बताउँदै प्रतिक्रान्तिको विरुद्धमा क्रान्तिको भण्डालाई उठाएर आजकै मितिमा ८ वर्ष अगाडी नेत्तृत्व गरेको बताउनुभयो ।


नेपाल लगायत विश्वमा धेरै पार्टी आएको जिकिर गर्दै नेकपाले जनतालाई सेवा गर्ने सापेक्षित जनताहरु सर्वहारा, किसान, मजदुर, श्रमिक वर्ग, मध्यम वर्गहरुलाई प्रत्यक्ष लाभान्ति गराउनका लागि वैज्ञानिक समाजवादीको स्थापना हुनु आवश्यक रहेको उहाँले दावी गर्नुभयो । सबै किसिमका असमानता, शोषण, विभेदलाई अन्त्य गरेर समाजमा समानता, शान्ति, समृद्धि, स्थायीत्व स्थापना गर्ने एउटा क्रान्तिकारी दिवसको रुपमा लिने गरेको पावेलले बताउनुभयो ।


नेकपाका केन्द्रीय सदस्य एवम् कपिलवस्तु जिल्ला सचिव कमलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा कपिलवस्तुका नेता, कार्यकर्ता, युवा संगठनका सदस्यहरु, अनेम क्रान्तिकारी संघका महिला, समाजसेवी, बुद्धिजिवी, इच्छुक लगायत स्थानीयहरुको समेत उत्साहजनक रुपमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP