Trending
समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला राजनीति कांग्रेस र माओवादीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने समाज पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप flash अपाङ्गता दिवसको अवसरमा शिवराज २ मा अन्तरक्रिया सम्पन्न

कपिलवस्तु क्षेत्र नं. १ मा मन्नान खाँ बिजयी, अन्य पदमा यी हुन् जित्ने उम्मेद्वार

कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको क्षेत्र नः १ को नेपाली कांग्रेसको क्षेत्रीय निर्वाचनबाट सभापतिमा अब्दुल मन्नान खाँ विजयी भएका छन् । देउवा निकट नेता खाँले २ सय ९९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिष्पर्धी टेक बहादुर शाहीले  २ सय ७९ मतमा चित्त बुझाए । विजयी खाँ कपिलवस्तु क्षेत्र नं. १ का निवर्तमान सभापति समेत हुन् ।

यसैगरी  सचिवमा कृष्ण प्रसाद चौधरी २९६, बिजय कुमार खनालले २८३ मत प्राप्त गरी विजयी भएका छन् । निकटम प्रतिष्पर्धी चन्द्रकान्त पोखरेल २ सय ६३ र अतिकुर रहमान जोल्हाले २ सय ३५ मत प्राप्त गरेका छन् ।  सहसचिवमा रमेश शर्मा शुक्ला, सक्रन्ती थारु बिजयी भएका छन ।

यस्तै बिजयी हुने क्षेत्रीय सदस्यमा दुर्गा प्रसाद अर्याल, गजाधर पाण्डेय, गेल्मइ, सुरन कुमार शर्मा, उदयराज चौधरी, छत्रमणि पाण्डे, कोपिला थापा, रमा मिलन कहाँर, उषा पाण्डेय रहेका छन ।

यस्तै महाधिवेशन प्रतिनिधिमा राजेश आर्चाय,  युवा नेता आशिष शर्मा, डोलकराम घिमिरे, दुर्गा बहादुर सेन, कमल टण्डन, गणेश बहादुर क्षेत्री, दुनिका भुसाल, राजेश सिहं, बिष्णु प्रसाद न्यौपाने, हिमलाल पौडेल, समिरन मियाँ, जमशेद खा, गोबिन्दी थारु, पुरन थारु, छविलाल नेपाली रहेका छन् । 

त्यस्तै महिलामा बिमला गैरे, इन्दीरा भट्टराई, अपिला टण्डन, तनुश्री भण्डारी अन्य कोटामा मित्रदेव घिमिरे, गिता पाठक, मेवालाल यादव र सुरेश शर्मा बिजयी भएका हुन् ।

क्षेत्र नं. २ को मतगणना विवादको कारण स्थगित भएको छ । मतगणना स्थगित हुनुमा देउवा र पौडेल पक्षले एक अर्कामा आरोप प्रत्यारोप गरेका छन् । क्षेत्र नं. २ मा केशव कुमार श्रेष्ठ र विरेन्द्र मिश्रा सभापतिको उम्मेदवार रहेका छन् ।

क्षेत्र नं ३ को मतपरिणाम पनि अझै सार्वजनिक भएको छैन् ।  हरि पोख्रेल र ब्रह्मानन्द उपाध्याय बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP