Trending
समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला राजनीति कांग्रेस र माओवादीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने समाज पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप flash अपाङ्गता दिवसको अवसरमा शिवराज २ मा अन्तरक्रिया सम्पन्न

एमालेको प्रदेश अध्यक्ष वा केन्द्रिय सदस्य मध्ये एक पदमा अधिकारीको दाबि

कपिलवस्तु । नेकपा एमालेका प्रदेश सचिवालय सदस्य एवम कार्यलय सचिव वलराम अधिकारीले लुम्विनी प्रदेशले छिमेकी जिल्ला चितवनमा हुने एमालको १० औं महाधिबेशनकालागि १ लाख जनसहभागिता गराउने योजना कार्यान्वयनमा लगेको वताउनु भएकोछ । उहाले सामुदायिक टेलिभिजन बुद्ध आवाजसंगको कार्यक्रम लोजिक शोमा अन्तरवार्ताका क्रममा यस्तो वताउनु भएको हो । उहाले यतिबेला एमालेमा नेतृत्व ब्यवस्थापन चुनौती पूर्ण देखिएपनि त्यसको सहज ब्यवस्थापन हुने दावि गर्नु भयो ।


आफूले पार्टीको साझा सहमति र आबश्यकताका आधारमा प्रदेशको अध्यक्ष भएर पार्टी चलाउने जिम्मेवारी पाएमा कुशलता पूर्वक निर्वाह गर्ने माग गरेको वताउदै त्यसो हुन नसके प्रदेशको कोटावाट केन्द्रिय सदस्यकालागि उम्मेदवारी दिने वताउनु भयो । उहाले आफू समग्र प्रदेशभरमा मेहनतका साथ काम गरेकाले राष्ट्रभरका प्रतिनिधीले गर्ने मतदानवाट समेत विजयी हुने विश्वास प्रकट गर्नु भयो । कपिलवस्तुमा १५ बर्षसम्म एमालेको जिल्ला कमिटी अध्यक्षको रुपमा नेतृत्व गर्नु भएका अधिकारी नेकपा बनेसंगै लुम्विनी प्रदेश सचिवालयमा रहेर कार्यलयको नेतृत्व गर्दै आउनु भएकाले केन्द्रिय सदस्य वा प्रदेश कमिटी अध्यक्ष मध्ये एक आफूलाई दिएर नेतृत्व ब्यवस्थापका गर्न माथिल्लो नेतृत्व समक्ष प्रस्ताव पेश गर्नु भएको उहाको भनाइछ ।


कपिलवस्तुवाट एमालेको वर्तमान केन्द्रिय कमिटीमा गिरधारीलाल न्यौपाने , विमला घिमिरे र सिराज अहमद फारुकी रहनु भएको छ । उहाहरु तीनैजना केन्द्रिय कमिटीमा पुन निर्वाचित हुने मनस्थितीमा हुनु हुन्छ । तर पहिलो पटक केन्द्रिय सदस्य बन्न इच्छा प्रकट गर्नेहरुको क्रम समेत कपिलवस्तुमा बढेकोछ ।कपिलवस्तुको भूगोलवाट १८ , केन्द्रिय कमिटी , विभिनि केन्द्रिय विभाग र जनसंगठनवाट ९ जना गरी २७ जनाले चितवनमा हुने १० औं महाधिबेशन प्रतिनिधीका रुपमा भाग लिन जादैछन् । ती मध्ये कम्तीमा ५ र वढीमा ७ जनाले विभिन्न भूगोल क्षेत्र र समावेशी कोटावाट केन्द्रिय सदस्यकालागि उम्मेदवारी दिने आकलन एमाले कपिलवस्तुले गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP