Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

डुङ्गा डुब्दा बेलायत प्रवेश गर्न खोज्‍ने ३१ आप्रवासीको मृत्यु


एजेन्सी
: बेलायत र फ्रान्सको सिमा क्षेत्रमा पर्ने कालाइस नहरमा डुंगा डुब्दा त्यसमा सवार ३१ जना आप्रवासी नागरिकको मृत्यु भएको छ।

आप्रवासी ती नागरिकहरुले अवैध रुपमा बेलायत प्रवेश गर्न डुंगा प्रयोग गरेको समाचारमा जनाइएको छ । मृत्यु भएका ३१ मध्ये ५ जना महिला र २ जना बालबालिका समेत रहेको फ्रान्सका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

नहरमा डुंगा डुब्दा अन्य मानिस समेत हराएको हुनसक्ने फ्रान्सका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। सो घटनामा उद्धार गरिएका २ जना घाइतेको उपचार भइरहेको र अन्यको खोजी कार्य भइरहेको छ।

यसैबीच, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अवैध रुपमा आप्रवासी नागरिक ओसारपसार गर्ने अपराधीहरुको संजाल तोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

दुर्घटनापछि टेलिफोन संवाद गर्दै म्याक्रोन र जोन्सनले सो प्रतिबद्धता जनाएका हुन्।  अन्तर्राष्ट्रिय आप्रवासी नियोगका अनुसार नहरमै डुंगा डुब्दा यति ठूलो संख्यामा अवैध आप्रवासी नागरिकको मृत्यु भएको पहिलो घटना हो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP