Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

महिला हिंसा विरुद्धको अभियानमा मैनबत्ती प्रज्वलन

महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटा चोकमा मैनबत्ती प्रज्वलन गरी नगर उपप्रमुख शिवकुमारी थारुले अभियानको सुरुवात गर्नुभएको हो । ‘घरै वाट सुरु गरौँ,महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा सहित यो अभियान सञ्चालन गरिएको हो । मङ्सिर २४ गते सम्म चल्ने यो अभियान विभिन्न वडाहरूमा चेतनामूलक कार्यक्रम गरिने उपप्रमुख थारुले बताउनुभयो ।
१६ दिने अभियानले मात्र नपुग्ने भएकोले सबै सधैँ सचेत भई हिंसा विरुद्ध कटिबद्ध लागि पर्न सबैलाई आग्रह गर्नुभयो । अझै पनि महिलाहरू विभिन्न चाहानामा हिंसामा परिरहेकोले त्यसको विरुद्ध महिलाहरू एकजुट भई आवाज उठाउनुपर्ने तर्क राख्नुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाले समाजमा महिला हिंसाका घटनाले ठुलो रूप लिएको बताउनुभयो । कतिपय महिलाहरू दाइजो,बोक्सी,शारीरिक कमजोरी लगायत विविध कारणले हिंसामा परेको जनाउनुभयो । शिक्षामा जोड दिँदै सबै हिंसा विरुद्ध लागेमा न्यूनीकरणको लागि मद्दत पुग्ने बताउनुभयो । किडार्क नेपाल संयोजक कृष्ण रावल,शान्ति पुनस्थापना गृहका सुशीला खनाल लगाएत ले महिला हिंसा विरुद्धको अभियानमा साथ दिने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल,विभिन्न शाखाका प्रमुख तथा संघ सस्थाका प्रतिनिधिहरुको सहभागितामा रहेको कार्यक्रम नारायण पंगेनीको संचालनमा सम्पन्न भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP