Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

कपिलवस्तुमा शनिवार माओवादीको दश पालिकामा नगर सम्मेलन हुँदै


नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम अन्तर्गत शनिवार देशभरका स्थानीय तहमा सम्मेलनको तयारी रहेको छ । कपिलवस्तुका दश वटै स्थानीय तहमा नगर सम्मेलनको तयारी पुरा भएको जिल्ला संयोजक विष्णु शाहले बताउनुभयो । जिल्लाका सबै वडा वाट छानिएका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने उहाँले बताउनुभयो । शिवराज नगर कमिटीले सम्मेलनको तयारी पुरा गरेको छ । 
शिवराज नगरपालिका वडा ३ सुपा देउराली रिसोर्टमा हुने सम्मेलन वाट नयाँ नेतृत्व चयन हुने नगर अध्यक्ष दिनेश पुनले बताउनुभयो । सम्मेलनलाई सव्य भव्य बनाउन सबैको सहयोग रहने बताउँदै पार्टीलाई गतिशील बनाउन सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सबै वडाका झन्डै ५ सय नेता कार्यक्रता सहभागी हुने अध्यक्ष पुनले बताउनुभयो ।
यस्तै बुद्धभुमि नगर कमिटीले पनि सम्मेलनको तयारी पुरा गरेको छ । नगर कमिटी सचिव रावेन्द्र कुमार ठाकुरका अनुसार सम्मेलनलाई व्यवस्थित बनाउन केही दिन अघि देखि नै तयारी गरिरहेको बताउनुभयो । ४ सय बढी कार्यक्रता सहभागि गराउने तयारी भइरहेको ठाकुरले बताउनुभयो । अन्य पालिकाका कमिटीहरूले पनि सम्मेलनको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP