Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु

  कपिलवस्तु १२ मंसिर  कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा हैजाका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ६ महुवाका १३ वर्षिय श्रृजना यादव रहेकी छिन् । नगरपालिकाको ५ वटा वडामा हैजाका विरामी देखिदा बुद्धभुमीका नगरप्रमुख केशव कुमार श्रेष्ठ भने भोट माग्न व्यस्त रहेका छन् । नेपाली काँग्रेसको जिल्ला अधिवेशनमा उनी व्यस्त रहेका छन् ।। जिल्लामा असोज १८ गते देखिएको फैलिएको हैजाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । बुद्धभूमि ७ मानपुरमा असोजको पहिलो साता साढे २ वर्षको वालिकाको समेत झाडा पखालाको कारण ज्यान गएको थियो ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका थप ३ पालिकामा हैजा देखिएका बताइएकोे छ । कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेका अनुसार बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हैजाका रोगी फेला परेका छन् । बुद्धभूमिका ५ वडा र मायादेवीको वडा नं. ७ मा कोलेरा एन्टिजिन टेष्ट गर्दा १४ जनामा हैजाको जीवाणु भेटिएको छ । बुद्धभूमिका वडा नं. ५,६,७,८र १० वडामा बिरामी देखिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण अर्यालले बताउनु भयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP