Trending
खेल विश्वकपको यात्रा गर्नु खुसीको क्षण : प्रशिक्षक मोन्टी देसाई राजनीति स्वास्थ्य क्षेत्र सुधार्न रास्वपाले मन्त्रीलाई बुझायो सुझाव पत्र स्वास्थ्य बढ्दै छ मानव मस्तिष्कको आकार समाज दैलेखमा भाइको नामबाट एसइई दिने एक पक्राउ राजनीति समानीकरण अनुदान बढाउँदै लैजान्छौँ : प्रधानमन्त्री स्वास्थ्य उपत्यकामा पुनः कोभिड संक्रमण, आइसीयूमा उपचार गराउँदै संक्रमित राजनीति मन्त्रिपरिषद् बस्दै, नियुक्ति र बढुवाको कार्यसूची समाज टोपबहादुर रायमाझी मनमोहन अस्पताल भर्ना राजनीति राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय विश्वभर दैनिक खेर जान्छ एक अर्ब डलरको खाना

शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित

जानु पाण्डे, कपिलवस्तु । विद्यालयले शिक्षक भर्ना गर्न नसक्दा कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्राविधिक अध्ययन गर्ने विद्यार्थी पढाईबाट बञ्चित भएका छन् ।

नगरपालिकाको जानकी माध्यामिक विद्यालयका सिभिल इन्जिनियरिङ अध्ययन गर्ने ३३ विद्यार्थी समस्यामा परेका हुन् । भर्ना विषयलाई लिएर व्यवस्थापन समितिमा विवाद बढेपछि तीन महिनादेखि विद्यार्थीले सास्ती खेप्नुपरेको स्थानीय अभिशेख यादवले बताउनुभयो ।

विद्यालय प्रशासनले भदौ १५ गते विज्ञापन प्रकाशन गरी सिभिल इन्जिनियरतर्फ १ जना उच्च मावि तह, १ जना माध्यामिक तह र १ जना निम्न माध्यमिक तह गरी तीन जना शिक्षक र १ जना ल्याव असिस्टेन्ट पदमा आवेदन खुलाएको थियो । छनौट प्रक्रिया सुरु गर्ने बेलामा विद्यालय व्यवस्थापन समितिमा विवाद भएपछि नियुक्ती प्रक्रिया सेलाएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद यादवले बताउनुभयो ।

यता विद्यार्थीले असोजदेखि भौतिक उपस्थितीमा पठनपाठन सुरु गरेपनि मुख्य विषयको शिक्षक नहुँदा समस्या भएको बताउनुभयो । नयाँ पाठ्यक्रमअनुसार ९ विषय अध्ययन गर्नुपर्ने हुन्छ । तर ५ ओटा विषयको कक्षा सञ्चालन नहुँदा पढाइमा असर गरेको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय अग्रहरीले विद्यालय व्यवस्थापन समितिमा वडा कार्यालयबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको विवादले नियुक्ती प्रक्रियामा जटिलता उत्पन्न गराएको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP