Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त

हरि आचार्य, कपिलवस्तु
समाजबाट अपहेलित भईने डरले रोग लुकाउदा अप्रेशन गर्नुपर्ने अवस्थामा आएको कुष्ठरोग भएका व्यक्तिहरुले गुनासो गरेका छन् । द लेप्रोसी मिसन नेपालले विभिन्न संघ संस्थासंग समन्वय गरि सि एण्ड सि अस्पताल चार नम्बर जितपुरमा कुष्ठ रोग भई अपांगता भएका र हाईड्रोसिल भएका विरामीको निःशुल्क अप्रेशन तथा उपचार अभियान अन्तर्गत उपचार पाएका बिरामीहरुले रोग लुकाएर बस्न नहुने बताए ।

अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा विभिन्न सरोकारवालाहरुसंग अन्तरक्रिया गरि सोहि शिविरको समिक्षा तथा समापन गरिएको थियो । हाम्रो प्राथमिकताको आधार, अपांगता भएका व्यक्तिहरुको अधिकार भन्ने मुल नाराका साथ उक्त दिवस अन्राष्ट्रिय रुपमा मनाईएको छ ।

युके आई डि, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, सि एण्ड सि अस्पताल लगायत विभिन्न संघ संस्थासंग समन्वय गरि द लेप्रोसी मिसन नेपालले घरघरमा गई कुष्ठरोग तथा हाईड्रोसिलका लक्षण देखा परेका व्यक्तिहरुलाई ल्याएर निःशुल्क रुपमा यहि मंसिर १३, १४ र १५ गते उपचार तथा अप्रेशन गरेको थियो । जसमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढिमा बढि रोगीहरु भेटिको तथ्यांकमा उल्लेख छ ।

जसमध्ये हाईड्रोसिल तर्फ १० जनाको १४ अप्रेशन तथा कुष्ठरोग तर्फ १६ जनाको हात र खुट्टाको सफल अप्रेशन गरिएको आनन्दवन अस्पताल काठमाण्डौका बरिष्ठ सर्जन ईन्द्र नापिटले जानकारी दिनुभएको छ । बरिष्ठ सर्जन नापिटका अनुसार देशब्यापि रुपमा कुष्ठरोग तथा हाईड्रोसिल बिरामीको निःशुल्क अप्रेशन गरिएको साथै अन्य देशमा गएर पनि अप्रेशन गरिदैं आईएको छ । सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ दुर्गम स्थानमा रहेका विरामीहरुलाई सहज स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि प्रयासरत रहेको उहाँले बताउनुभयो ।

सुरुमा सानो दाग नचिलाउने, नदुख्ने हुँदा कुष्ठरोग भएको थाहै नपाईने हुँदा यसले छिटो भयावह अवस्था ल्याउने भएकाले नलुकाई उपचारको पहुँचमा जान आवश्यक छ । समाजमा चेतनाको कमी, आर्थिक अवस्था कमजोर, सामाजिक कुरिती, बेवास्ता लगायत विभिन्न कारणले कुष्ठरोग फैलदै गएकाले छिटो भन्दा छिटो उपचार गराई सर्नबाट कम गर्न सकिन्छ । कार्यक्रममा यी रोगको बारेमा सरोकारवालाहरुसंग अन्तरक्रिया पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य निर्देशनालय बुटवलका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले स्वास्थ्य जस्तो संवेदनशिल पक्षलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो । समाजमा विभिन्न कारणले लुकेका र लुकाईएका बिरामीहरुको पहिचान गरि निःशुल्क रुपमा सफल उपचार गरेकोमा सम्पुर्ण स्वास्थ्यकर्मी, सि एण्ड सि अस्पताल, सम्पुर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै विशिष्ट अतिथि सि एण्ड सि अस्पतालका प्रमुख गोपाल घिमिरेले नाफा भन्दा पनि समाजसेवामा तल्लिन रहेको बताउनुभयो । विरामीहरुका लागि निःशुल्क रुपमा अस्पतालको सेवा प्रदान गर्नुभएका प्रमुख घिमिरेले अस्पतालले यस भन्दा अगाडि पनि विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष द लेप्रोसी मिसन नेपालका कन्ट्रि डाईरेक्टर शोभाखर कंडेलले संस्थाले गरेका क्रियाकलापहरुको बारेमा जानकारी दिंदै आफुहरुले काम र नतिजामा मात्र विश्वास गर्ने बताउनुभयो । कपिलवस्तु जस्तो हरेक कुराले सुविधा भएको जिल्लामा लुकेर रहेका कुष्ठरोग तथा हाईड्रोसीलका विरामीको संख्या धेरै हुनु दुःखद पक्ष भएको बताए ।

कार्यक्रममा विभिन्न कारणले १५÷१६ बर्ष सम्मा उपचार नपाएको रोगको अहिले निःशुल्क अप्रेशन हुँदा बिरामीहरुले खुसी व्यक्त गरेका छन् । उनीहरुले आफ्नो अनुभव सुनाउदै सुरुमा खासै चासो नदिएको र पछि यसले भयावह अवस्था निम्त्याउने भन्दै समयमै उपचार गर्न सबैलाई आग्रह गरेका थिए ।

द लेप्रोसी मिसन नेपालका रुपन्देही तथा कपिलवस्तुका डिस्ट्रिक कोर्डिनेटर सुदिप नेपालले सहभागी सरोकारवालका जिज्ञासाको जवाफ दिंदै यी रोगको न्युनिकरणका लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

साथै यो निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य कार्यालय कपिलवस्तुका मोमम्मद ईर्फानले जिल्लाका सबै पालिकासंग समन्वय गरेर विरामी खोज्न विशेष सहयोग गर्नुभएको थियो ।

द लेप्रोसी मिसन नेपालका कन्ट्रि डाईरेक्टर शोभाखर कंडेलको अध्यक्षता, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रम द लेप्रोसी मिसन नेपालका रुपन्देही तथा कपिलवस्तुका डिस्ट्रिक कोर्डिनेटर सुदिप नेपालको स्वागत तथा कोपवा स्वास्थ्य चौकीका ईन्चार्ज कृष्ण घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP