Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

बुद्धभुमी नगरपालिकाले दियोे बिपन्न परिवारलाई सिरक

कपिलवस्तु । जाडो बढदै गए पछि बुद्धभुमी नगरपालिकाले बिपन्न परिवारलाई सिरक दिएको छ ।  १० वटा बार्ड रहेको नगरपालिकामा बुधवार वडा नम्बर १ र ४ मा ३९ जना बिपन्न परिवारलाई सिरक दिएको हो ।

नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ र वडा नम्बर १ का अध्यक्ष तिलक बहादुर बस्नेतले वडा नम्बर १ मा २४ जनालाई सिरक हस्तान्तरण गर्नु भएको थियो । यस्तै वडा नम्बर ४ मा मेयर श्रेष्ठ र वडाध्यक्ष पवन कुमार चौधरीले १५ जा बिपन्न परिवारलाई सिरह हस्तान्तरण गर्नु भएको थियो । मेयर श्रेष्ठले शीत लहर बढेसंगै जाडो बढदै गए पछि आफुहरुले नगरपालिकामा रहेको बिपन्न परिवारको पहिचान गरी सरक बाडिएको बताउनु भयो । ‘

जोडोमा गरिब र बिपन्न परिवार मर्कामा छन हामीहरुले उनीहरुलाई जिवन यापनमा सहजताकालागि सिरक दिएका हौ ’ उहाँले भन्नु भयो । नगरपालिका भित्र रहेका १० वटै वडाका बिपन्न परिवार पहिचान गरी दुई चार दिन भित्रै सिरक बाडिने उहाँले बताउनु भयो ।

सिरक पाए पछि बिपन्न परिवार हर्षित बनेका छन । उता पालिकाले जाडो बढदै गए पछि नगरपालिका भित्र रहेका १० वटै वडाका चोक चोकमा दाउर बितरण गरिएको नगर प्रवक्ता पवन चौधरीले बताउनु भयो । नगरपालिका भित्र रहेको १० वटै वडामा चोकहरमा दाउरा बाडि सकिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP