Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

दुई वडा पुर्ण खोप घोषणा गरियो


अनेक पाण्डे भाद्र ०८
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न.४ सिर्सिहवा र वडा नं १० विद्यानगरलाई आइतवार पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ । पुर्ण खोप युक्त घोषणा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बच्चा जन्मे पछि स्वास्थ्य सेवा प्राप्त गर्न पाउनु उसको अधिकार भएकाले अधिकार प्राप्त गर्न हरेक अभिभावकले दायित्व समेत निर्वाह गर्नु पर्ने बताउंनु भयो ।
शाहले खोपको अभावमा बिभिन्न खालका रोगले आक्रमर्ण गर्न सक्ने भएकाले अब स्वास्थ्य संस्थाले सेवा प्रबाह गर्ने क्रममा जन्म देखि १२ महिना भित्रका सबै बालबालिकाले खोप प्राप्त गरेको बताउनु भयो । उहाले १२ देखि २३ महिना भित्रका सबै बालबालिकालाई खोप खुवाइएर कृष्णनगर वडा १० पुर्ण खोप युक्त वडा घोषणा गरिएको शाहले बताउनु भयो ।
त्यस्तै कृष्णनगरका नगरपालिका वडा नं ४ सिर्सिहवामा आयोजित पुर्ण खोप वडा घोषणा कार्यक्रमा नगर उपप्रमुख शबनम खातुनले मानिस जन्मने हुर्कने, बढने क्रममा स्वस्थ भएर बाँचन पाउनु पर्दछ भन्दै अहिले यस वडामा बसोवास गर्ने लक्ष्ति बालबालिकाले पूर्ण रुपमा खोप पाइसकेको बताउनु भयो । नगरवासीले आफना बालबालिकालाई खोपबाट बन्चित गर्न नहुने खातुनले बताउनुभयो ।
कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा कृष्णनगर नगरपालिका वडा न.१० का अध्यक्ष अब्दुल मोविन खाँ को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
नेपाल सरकारको स्वास्थ्य क्षेत्र खोप सेवा अन्तरगत पहिलो प्राथामिकता प्राप्त कार्यक्रम हो । वि.स. २०३४ सालमा विस्तारित खोप सेवा नामबाट प्रारम्भ भै व्यापकता पाएको खोपसेवाले अहिले सम्म आईपुग्दा समय सापेक्ष भएका नीतिगत सुधार सेवाको बिस्तार गरि मानवीय र संस्थागत संरचनामा भएको स्तरउन्नतिले स्वास्थ्य क्षेत्रमा बिगतमा भन्दा सुधार हुँदै बालमत्यूदरमा कमी आई अपागंतामा सुधार देखिएको छ ।
खोप सेवा कार्यक्रमले सम्पुर्ण बालबालिकाहरुलाई नियमित खोपबाट उपलब्ध भएको सबै खोपसेवा उपलब्ध गराई बालबालिकाको रोग दर, मृत्यूदर, अपागंता दरमा कमी ल्याउनु राष्ट्रिय खोप कार्यक्रमको मुख्य लक्ष्य हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP