Trending
आर्थिक ७० हजार किलो जडीबुटी निकासी, १६ लाख राजस्व संकलन समाज कारागारभित्र कोरोना फैलियो, १६ जनामा संक्रमण पुष्टि अपराध दाङमा अवैध हातहतियार बरामद अपराध बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुल्ने ४ महिला र १ पुरुष पक्राउ राजनीति राष्ट्रपतिले उठाउनुभएकाे विषयहरू महत्त्वपूर्ण छन् : गगन थापा राजनीति गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली राजनीति फेरि सर्‍याे माओवादी बैठक, भोलि बिहान बस्ने राजनीति नागरिकता विधेयक बहुमतले पारित : पक्षमा १३५ मत, विपक्षमा ६० flash चन्द्रौटा तिज महोत्सव सूरु, स्थानिय कलाको प्रस्फुटन गर्न मदत गर्ने सासंद केसिको भनाई अपराध ८४ लाख रूपैयाँसहित प्रहरीले समात्यो ३ जना हुण्डी कारोबारी

भाजपाको समर्थनमा शिन्दे महाराष्ट्रको मुख्यमन्त्री

एजेन्सी । भारतको महाराष्ट्रमा भाजपाको समर्थनमा शिवसेनाका नेता एकनाथ शिन्दे मुख्यमन्त्री भएका छन्। शिवसेनाका नेता सिन्देले पार्टीको ५६ जना विधायकमध्ये ३९ को समर्थन प्राप्त गरेका हुन् ।

यसअघि कांग्रेसको समर्थनमा मुख्यमन्त्री रहेका शिवसेनाका प्रमुख उद्धव ठाकरेले बुधबार राजीनामा दिएका थिए।ठाकरेको राजीनामापछि भाजपा र शिन्दे समूह एक ठाउँमा आएको हो । भाजपाले समर्थन गरेपछि सिन्देले बहुमत विधायकको साथ आफूसमक्ष रहेको भन्दै राज्यपाल भगतसिंह कोश्यारीसमक्ष सरकारको दाबी गरेका हुन्।

सन् २०१९ मा भएको विधानसभा चुनावमा भाजपा सबैभन्दा ठूलो पार्टी बनेको थियो । भाजपा र शिवसेनाले चुनावी तालमेल गरे पनि मुख्यमन्त्री को बन्ने विषयमा विवाद बढेपछि शिवसेनाले कांग्रेस र एनसीपीको साथ लिएर सरकार बनाएको थियो ।​

महाराष्ट्र विधासभामा २८८ सिट छ। बहुमतका लागि १४४ विधायकको समर्थन चाहिन्छ। शिन्देले १६१ विधायकको साथ पाएका छन्।

जुन २० देखि महाराष्ट्रमा सरकार परिवर्तनका लागिचलखेलको समाचार बाहिरिएको थियो। त्यही दिन आफ्ना केही समर्थक सांसदसहित शिन्देलेमहाराष्ट्र छाडेका थिए। यससँगै अढाई वर्षपछि भाजपा महाराष्ट्रमा पुन: सरकारमा फर्किएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP