Trending
आर्थिक ७० हजार किलो जडीबुटी निकासी, १६ लाख राजस्व संकलन समाज कारागारभित्र कोरोना फैलियो, १६ जनामा संक्रमण पुष्टि अपराध दाङमा अवैध हातहतियार बरामद अपराध बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुल्ने ४ महिला र १ पुरुष पक्राउ राजनीति राष्ट्रपतिले उठाउनुभएकाे विषयहरू महत्त्वपूर्ण छन् : गगन थापा राजनीति गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली राजनीति फेरि सर्‍याे माओवादी बैठक, भोलि बिहान बस्ने राजनीति नागरिकता विधेयक बहुमतले पारित : पक्षमा १३५ मत, विपक्षमा ६० flash चन्द्रौटा तिज महोत्सव सूरु, स्थानिय कलाको प्रस्फुटन गर्न मदत गर्ने सासंद केसिको भनाई अपराध ८४ लाख रूपैयाँसहित प्रहरीले समात्यो ३ जना हुण्डी कारोबारी

रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच फोन वार्ता

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ । हिजो उहाँहरुबीच भएको कुराकानी रुस–युक्रेन युद्धका बारेमा केन्द्रित रहेको समाचार संस्था एएनआईले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गर्नुभएको छ ।

माेदीले आफूले सुरुदेखि नै वार्ता र कुटनीतिक पहलबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै आएको र अहिले पनि त्यही धारणा रहेको बताउनुभएको भारतीय प्रधानमन्त्रीको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ ।

दुई देशका शीर्ष नेताबीच विगतमा भएका अन्य सहमति र सम्झौताको कार्यान्वयनका बारेमा पनि थप छलफल भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP