Trending
आर्थिक ७० हजार किलो जडीबुटी निकासी, १६ लाख राजस्व संकलन समाज कारागारभित्र कोरोना फैलियो, १६ जनामा संक्रमण पुष्टि अपराध दाङमा अवैध हातहतियार बरामद अपराध बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुल्ने ४ महिला र १ पुरुष पक्राउ राजनीति राष्ट्रपतिले उठाउनुभएकाे विषयहरू महत्त्वपूर्ण छन् : गगन थापा राजनीति गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली राजनीति फेरि सर्‍याे माओवादी बैठक, भोलि बिहान बस्ने राजनीति नागरिकता विधेयक बहुमतले पारित : पक्षमा १३५ मत, विपक्षमा ६० flash चन्द्रौटा तिज महोत्सव सूरु, स्थानिय कलाको प्रस्फुटन गर्न मदत गर्ने सासंद केसिको भनाई अपराध ८४ लाख रूपैयाँसहित प्रहरीले समात्यो ३ जना हुण्डी कारोबारी

कपिलवस्तु साझेदारी बनको भवन शिलान्यास

माधव बेल्वासे, चन्द्रौटा । शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिको प्रशासनिक भवनको शिलान्यास भएको छ । आइतबार डिभिजन बन गौतमबद्धका प्रमुख दधिलाल कँडेल र साझेदारी बनका अध्यक्ष गंगेशनाथ तिवारीले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो । भवनको शिलान्यासको अवसरमा बोल्दै डिभिजन प्रमुख कँडेलले लामो समय देखि भाडामा बसेर सेवा प्रवाह गरेको साझेदारीले आफ्नै भवन बनाउनु सकारात्मक कुरा भएको बताउनुभयो ।

भवन निर्माण पश्चात् बनका उपभोक्तालाई सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो । कपिलवस्तु साझेदारी बनले विगत देखि नै बज संरक्षणको लागि राम्रो काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा साझेदारी बनका अध्यक्ष गंगेशनाथ तिवारीले ४ पालिकामा रहेका उपभोक्ताहरूलाई बनको भवन निर्माण पश्चात् सेवा लिन सहज हुने बताउनुभयो । विगतको वर्ष देखिनै भवन निर्माणको तयारी गरेकोले अहिले शिलान्यास गर्न सफल भएको बताउनुभयो । एउटा हल सहित निर्माण हुने उक्त भवन निश्चित समयमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

४ पालिकाका १८ हजार घरधुरी तथा १ लाख १७ हजार जनसख्या बन वाट लाभान्वित भएको तिवारीले बताउनुभयो । बनले निरन्तर रूपमा अतिक्रमित बनमा वृक्षारोपण लगायतका बन संरक्षण र चोरी तस्करी रोक्न विभिन्न अभियानहरू सञ्चालन गरेको बताउनुभयो । रु ६६ लाख लागतमा ६ कोठे भवन २ वर्षको अवधिमा सम्पन्न सहायक बन अधिकृत एजाज अन्सारीले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP