Trending
समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते समाज नेपाल लाइफको आकर्षक केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना राजनीति ओलम्पियन सूर्योदय नगरपालिका आउँदै flash कृष्णनगर ८ दयानगरका आगलागी पिडितलाई जस्तापाता सहित आवास निर्माणका सामग्री प्रदान flash कृष्णनगरमा ४० कृषकलाई सिँचाई मेसिन वितरण अन्तर्राष्ट्रिय चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता अपराध शौचालयको ढोका फुटाएर लकरसहित झन्डै ६ लाख रुपैयाँ चोरेका तीन जना पक्राउ राजनीति सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने

३० कात्तिकमै चुनाव गर्नुपर्ने निर्वाचन आयोगको निष्कर्ष

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा पुगेको छ ।

कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको आयोगका एक पदाधिकारीले अनलाइनखबरलाई बताए ।

‘हामीले कात्तिकको अन्तिम साताभित्र नै सक्नेगरी निर्वाचनको मिति प्रस्ताव गरेर सरकारलाई बुझाउने तयारी गरेका छौं’ उनले भने, ‘कात्तिकको अन्तिम सातामा पनि सकेसम्म छिटो निर्वाचन गर्नुपर्छ भनेका छौं । नत्र हिमाली भेगमा चिसो बढ्ने हुनाले निर्वाचन गराउन कठिनाइ हुने देखिन्छ ।’

आयोगले केही दिनअघि सुरक्षा निकायका प्रमुखहरुसँग पछि निर्वाचनबारे छलफल गरेको थियो । छलफलपछि एकै चरणमा निर्वाचन गर्न सकिने मनस्थिति बनेको ती पदाधिकारीले बताए ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मीको संख्या कम हुँदा कतिपय ठाँउमा निर्वाचन विथोलिएको आयोगले आन्तरिक निष्कर्ष निकालेको थियो । तर दुई चरणमा निर्वाचन गर्दा बढी खर्च हुने भएकाले आयोगले एकै चरणमा जोड दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको १२० दिन (चार महिना) अघि मिति घोषणा हुनुपर्ने बताए । उनका अनुसार, स्थानीय तहको निर्वाचनमा केही समय अभाव भएकाले दवाव परेको थियो । उनले भने, ‘अहिले त दुई तहको निर्वाचन गर्नुपर्ने भएकाले कम्तीमा चार महिना आवश्यक पर्ने देखिन्छ ।’

केही दिन अघिमात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणााका वारेमा अनौपचारिक छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्रीले आयोगले मिति सिफारिस गरेर ल्याए आफूहरुले प्रक्रिया अघि बढाउने बताएको आयोगका एक पदाधिकारीले बताए ।

स्रोतका अनुसार, ढिलोमा बुधबारसम्म आयोगले औपचारिक रुपमा नै निर्वाचन मिति सिफारिस सहित सरकारलाई पत्राचार गर्नेछ ।

आयोगले दशैंविदा सकिए लगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको मनोनयन प्रक्रिया सुरु गर्ने योजना बनाएको हो । आगामी १० देखि २३ असोजसम्म दशैंविदा पर्छ ।

दशै सकिए लगत्तै मनोनयन दर्ता प्रक्रिया थाल्ने र असोजको अन्तिम साताभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी गरेको हो । त्यसो हुँदा उम्मेदवारले दशैंपछि तिहार सकिएपछि पनि प्रचार प्रसार गर्न पाउँछन् । आयोगले प्रस्ताव गरेको मिति तिहारको करिब २० दिनपछि पर्छ ।

आयोगले असार मसान्तभित्र सरकारबाट निर्वाचनको मिति घोषणाको अपेक्षा गरेको छ । मिति घोषणा भएलगत्तै आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निकाल्नेछ । त्यसलगत्तै दलहरुलाई समानूपातिक उम्मेदवारहरुको सूचि पेश गर्न समय दिनेछ ।

समय अभाव भएमा दलदर्ता र समानुपातिकको सूची पेश गर्न समय सँगसँगै पनि हुनसक्ने कर्मचारीहरु बताउँछन् । दशैंअघि नै समानुपातिक उम्मेदवारहरुको मनोनयन प्रक्रिया टुंगिइसक्नेछ ।

निर्वाचन आयोगले अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गरिरहेको छ । अहिले देशभर दैनिक २५ हजारको हाराहारीमा नामावली संकलन भइरहेकाले असारभर करिव ७ लाखजति नयाँ मतदाता थपिने अनुमान गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । निर्वाचनको मिति घोषणा हुनासाथ मतदाता नामावली संकलन रोक्नुपर्छ ।

निर्वाचन आयोगले अहिले मतदानस्थल र मतदान केन्द्रको पनि पुनरावलोकन गर्ने योजना बनाएको छ । कतिपय ठाँउमा मतदाताहरु टाढा हिँड्नु परेको र कतिपय ठाउँका मतदातालाई अर्को अपायक ठाउँमा मतदान केन्द्र तोकिएकाले त्यसलाई मिलाउने काम भइरहेको हो । मतदान स्थल र केन्द्र पुनरावलोकनका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सिफारिस गर्नुपर्छ ।

निर्वाचन आयोगले केही दिनमै विद्युतीय मतदान यन्त्रका बारेमा पनि सरकारसँग थप छलफल गर्ने योजना बनाएको छ । तर निर्वाचनको मिति नजिकिँदासम्म कुनै तयारी नभएकाले काठमाडौं उपत्यकामा मात्रै पनि विद्युतीय मतदान यन्त्र (ईभीएम) बाट मतदान गराउन कठिन हुने आयोगको प्राविधिक महाशाखाका कर्मचारीहरु बताउँछन् । आयोगले मेसिनबारे साउन मसान्तभित्र सरकारलाई निर्णय दिन भनेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP