लैङ्गिकतामा आधारित, हिंसा यसका असरहरु

लेखकः आर.टी खान

लैङ्गिकतामा आधारित हिंसा लैङ्गिकतामा आधारित हिंसा मानवता विरुद्घको अपराधीक कार्य हो । कसैलाई पनि कसैले लिङ्गको आधारमा गरिन्ने हिंसालाई लैङ्गिक हिंसाको रुपमा परिभाषा गर्न सकिन्छ जसलाई पुरुष, महिला वा अन्य तेस्रो लिङ्गी भएकै आधारमा उनीहरुमाथि गरिने हिंसा भनि बुझ्न सकिन्छ ।

लैङ्गिक हिंसाको घटनाः हरेक ४ जनामा एक महिला महिला विरुद्घका हिंसाका विभिन्न प्रकारका हिंसा मध्ये गम्भिर प्रकृतिका हिंसाबाट पीडित भइरहेका छन । २० प्रतिशत अमेरीकि महिला यौनहिसाँवाट पीडित भएको तथ्य देखिन्छ । ब्राजिलमा प्रत्येक ४ मिनेटमा एउटा महिला पुरुषबाट कुटिन्छिन ।

सन् २००७÷२००८ मा वेलायतमा ६,६८,००० घरेलु हिंसाका उजुरी प्रहरीमा दर्ता भएको मध्ये १,२०,००० वटा उजुरीहरु आफनो श्रीमानबाट प्रभावित भएका थिए । भारतमा सन् २००७ मा मात्र ८०९३ महिलाहरुलाई दाइजोका कारणमात्र महिलाहरुको हत्या भएको थियोभने ७० प्रतिशत भारतीय महिलाहरु घरेलु हिंसाबाट पिडित भएका छन् ।

नेपालको सन्दर्भः नेपालमा घरेलु हिंसाको बारेमा सन् १९९७ मा पहिलो पटक साथी नामक गैरसरकारी संस्थाबाट नेपालका पाँचवटा जिल्लाका १२५० महिलाहरूमा गरिएको अध्ययनमा ९५ प्रतिशत महिलाहरू घरेलु हिंसाबाट पीडित भएका उल्लेख गरेको छ । २०११ मा मात्र नेपालभरि ६४८ महिलाहरु हिंसाबाट पीडित भएकोमा २७२ जना घरेलु हिंसा, ११४ वहुविवाहबाट पीडित भएका थिए ।

राष्ट्रिय महिला आयोगको आ.व.२०६७ देखि २०७० असार सम्ममा आयोगमा दर्ता भएको घटना अनुसार यस अवधिमा परेका १०३५ निवेदनहरूमध्ये घरेलु हिंसा सम्बन्धी उजुरीको संख्या ६७५ छ भने महिला हिंसा सम्वन्धि उजुरीको सख्या ३७८ वटा छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकलाई हेर्ने हो भने २०६७ देखि २०७० साल सम्म हिंसाका घटनाहरु हेर्दा जम्मा सख्या ८९९६ वटा उजुरी परेको थियो जस्मा ३५९२ अन्य महिलामाथि हुने हिंसा थियो भने ५४०४ वटा घरेलु हिंसा संग सम्बन्धित थियो ।

हिंसाका किसिमहरूः शारीरिक हिंसा , मानसिक हिंसा, यौनजन्य हिंसा, यौन दुव्र्यहार, बलात्कार, आर्थिक हिंसा, सामाजिक हिंसा, दाइजोसँग सम्बन्धित हिंसा, प्रजनन् स्वास्थ्यसंग सम्बन्धित हिंसा, चेलिवेटी वेचविखन , बालविवाह, वहुविवाह , सूचना तथा स्वतन्त्रताबाट वंचिंत राख्नु, बोक्सीको आरोप, तेजाव आक्रमण तथा विषालु पर्दाथको प्रयोग हानीकारक सामाजिक परम्पराः बोक्सीको आरोप, गाउँ निकाला गर्ने, कुटपिट गर्ने, जुत्ताको माला लगनउने, मलपूत्र खुवाउने आदि , दाइजोको कारण हत्या, कुटपिट, आगो लगाउने, छाउपडी, झुमा, देउकी, कुमारी लगायत देउटाका नाममा चढाउने हिंसाका कारणहरूः पुरुष प्रधान समाज र मानसिकताको बाहुल्यता , भेदभावजन्य सामाजिकीकरण , शक्तिको दुरुपयोग, शक्ति र अधिकारको वाँडफाँडमा भेदभाव , भेदभावमूलक कानूनी व्यवस्था , राजनीतिक द्वन्द्व , परम्परागत कुरितीलाई प्रश्रय , गरिवी र बेरोजगारी, चेतनाको कमी , कमजोर कानूनी शासन, सुरक्षा र सहायताको अभाव आदि जस्ता लैगिंक हिंसाका मुख्य कारणहरु हुन ।

हिंसा हुने क्षेत्रः घरभित्र , सुमुदाय, समाज , सार्वजनिक स्थल , सार्वजनिक यातायात , राजनैतिक क्षेत्रमा , कार्यस्थल , सामाजिक संजाल र अन्य क्षेत्रहरुमा यस्ता वढी हिंसाहरु घटने गरेका छन । हिंसाको प्रभावः हिंसाले प्रभावित व्यक्तिको मर्यादीत तथा आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारको हनन मात्र नभई उनको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, मनोसामाजिक लगायत जीवनको हरेक चरणमा असर घर परिवार र श्रीमान श्रीमती बीचको सम्बन्धमा असर समाज तथा मुलुकको विकासमा गतिरोध ड्ड अपराधिक कुकृत्यहरु क्रमीक रुपमा बढ्दै जाने पनि सक्छन् । ड्ड हिंसाका कारण धेरै महिलामा शारीरिक रुग्णता र मानसिक समस्या, स्वास्थ्योपचारमा व्यक्ति, परिवार र सरकारको ठूलो धनराशी खर्च पीडित महिलाहरुमा आश्रित बालबालिालिका तथा जेष्ठ नागरिकहरुको बिचलन तथा अलपत्र भएको ।

मानसिक बिचलन भई नैरास्यता बढ्नुका साथै घर परिवार छोडेर हिडेको र मानसिक सन्तुलन गुमेको । ड्ड घरको दैनिक काम तथा आफ्नो पेशा व्यवसायलाई निरन्तरता दिन नसकेको र अन्तत् काम नै छाडेर बसेको । ड्ड घरेलु हिंसाबाट लामो समय सम्मको शारिरीक तथा मानसिक यातना र जिउँदै जलाएर मार्ने प्रयास समेत भएकोले विस्थापित समेत हुनु परेको ड्ड अन्तरजातिय विवाहबाट गाउँबाट समेत निष्काशीत हुनु पर्ने अवस्था भएको । ड्ड महिलाहरुमा पाठेघर खस्ने समस्या, अनिच्छुक गर्भधारण र अनिच्छुक गर्भपतनबाट प्रजनन स्वास्थ्य सम्बन्धि समस्याको वृद्घि भएको ।

परिवार र आफन्तबाट बोक्सीको आरोपबाट जिउज्यान गुमाउनु पर्ने, आँखा गुमाउनु पर्ने र समाजमा अत्मसम्मान गुमाउनु पर्ने र गाउँ समेत छोड्नु पर्ने अवस्था भएको । ड्ड घरेलु हिंसाका कारण सम्बन्ध विच्छेद बढेको ड्ड आत्महत्याको संख्या बढेको ।

    Tags: