Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

बन्चरोले हानी पत्नीको हत्या

धनगढी : अछाममा बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्लाको पञ्चदेवल विनायक नपा–७ पुल्लेतोलाकी ४५ वर्षीया मन्नु कामीको हत्या आरोपमा उनका लोग्ने पदम कामी (पैलु) समातिएका हुन्। यही साउन ११ गतेको रात हत्या गरेर फरार भएका ५४ वर्षीय पदमलाई बुधबार प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो।

उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीका अनुसार मृतकका तर्फबाट लक्ष्मण कामीको जाहेरीले पदमलाई पक्राउ गरिएको हो। उनलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी डाँगीले बताए।

मदिराले घटायो घटना

श्रीमान (पदम) ले जहिल्यै मदिरा सेवन गर्ने गरेको र आफ्नी श्रीमती (मन्नु)लाई दुःख दिने गरेको प्रारम्भिक अनुसन्धानबाट अछाम प्रहरीले बताएको छ।

‘(पदम) जहिल्यै मदिरा सेवन गर्ने रहेछन्। हत्या भएको रात पनि उनले मदिरा सेवन गरेका रहेछन्’, अछाम प्रहरीका प्रमुख तथा डीएसपी नारायण डाँगीले भने, ‘लोग्ने–स्वास्नीबीच धेरै कुरामा झगडा हुने रहेछ। लोग्नेले मृतक मन्नुमाथि महिला हिंसा गरेको कुरा पनि खुलेको छ। अहिलेसम्म हत्याको कारण यही नै देखिएको छ। हामीले थप अनुसन्धान गरिरहेका छौँ।’

मन्नु र उनका लोग्ने पदम गाउँको एकान्तबस्ती (खर्क) मा बस्थे। उनीहरूसँगै अन्दाजी १५ वर्षीया एक छोरी र १२ वर्षीय एक छोरा पनि बस्थे। उनीहरूकी जेठी छोरीको भने विवाह भइसकेको प्रहरीले जनाएको छ। आमाको हत्यापछि उनीहरू बिचल्लीमा परेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP