Trending
आर्थिक हवाई टिकटमा १३ प्रतिशत थप करले पर्यटन क्षेत्र निरुत्साहित : अध्यक्ष ढकाल अन्तर्राष्ट्रिय चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या समाज एमडीएमएस खरिदमा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा समाज नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता राजनीति काम गर्न सकिनँ भने अर्को उथलपुथल गर्छु : प्रधानमन्त्री खेल विश्वकपको यात्रा गर्नु खुसीको क्षण : प्रशिक्षक मोन्टी देसाई राजनीति स्वास्थ्य क्षेत्र सुधार्न रास्वपाले मन्त्रीलाई बुझायो सुझाव पत्र स्वास्थ्य बढ्दै छ मानव मस्तिष्कको आकार समाज दैलेखमा भाइको नामबाट एसइई दिने एक पक्राउ राजनीति समानीकरण अनुदान बढाउँदै लैजान्छौँ : प्रधानमन्त्री

मौलाना मशहुदले गराए मदरसाको अवस्था बारे मंत्री चौधरीको ध्यानाकर्षण

कृष्णनगर l कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भित्र रहेको जैद बिन सावित, आयशा गर्ल्स कालेज झण्डानगर, जामिया सिराजुल उलुम अल्सलफिया झण्डानगर मदरसाको अनुगमन तथा अवलोकन नेपाल सरकारका शहरी विकास मंत्री मेट मणी चौधरीको टोलीले अनुगमन गरेको छ मंत्री संगै शहरी विकास मंत्रालयका सह सचिव पदम मैनाली, शहरी विकास मंत्रालयका महानिदेशक सुरेन्द्र मान श्रेष्ठ लगायत अन्यको सहभागिता रहेको थियो l

अवलोकनका क्रममा रहेका मंत्री चौधरी लाई जामिया सिराजुल उलुम अल्सल्फिया विद्यालय परिवारले भव्य स्वागत तथा सम्मान कार्यक्रम समेत राखेको थियो l स्वागत तथा सम्मान कार्यक्रमको अध्यक्षता जामिया सिराजुल उलुम अल्सल्फियाका अध्यक्ष समिम अहमद नदवी, प्रमुख अतिथिमा शहरी विकास मंत्री मेट मणी चौधरी, विशिष्ट अतिथिमा शहरी विकास मंत्रालयका महा निर्देशक सुरेन्द्र मान श्रेष्ठ, शहरी विकास मंत्रालयका सह सचिव पदम मैनाली अतिथिमा लंक बहादुर हमाल, अब्दुल रौफ, साथै जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाका प्रवक्ता मौलाना मशहुद खां नेपाली लगायत अन्य रहेका थिए l

स्वागत तथा सम्मान कार्यक्रममा कुरान शरीफको पाठ गरि कार्यक्रमको सुरुवात गरिएको थियो l कार्यक्रममा बोल्दै प्रमुख अतिथि शहरी विकास मंत्री मेट मणी चौधरीले यहाँका मदरसामा विद्यार्थी हरूको चाप बढि रहेको प्रष्ट देखिन्छ, मुस्लिम समुदायको नेपाल देश निर्माणमा ठूलो योगदान रहेको स्मरण गराउदै मुस्लिम समुदारले आफ्नो मतको सदुपयोग गरि मुस्लिम प्रतिनिधित्व चयन गरेर आफ्नो हक संरक्षण गर्नुपर्ने कुरामा जोड दिदै जामिया सिराजुल उलुम अल्सल्फियाको पर्खाल का लागि तत्काल पहल गर्ने बताउदै हास्टल, डाईनिंग हाल, कम्प्यूटर हाल तथा भौतिक संरचनाको मर्मत सम्भार मध्ये एकमा १५ दिन भित्रै नतिजा आउने उपस्थित माझ वचनबद्धता गर्नुभयो l

कार्यक्रममा बोल्दै जामिया सिराजुल उलुम अल्सल्फिया झण्डानगरका प्रवक्ता मौलाना मशहुद खां नेपालीले मदरसा सदियौं देखि चलिरहेको तर जुन तरिकाले राज्यबाट सेवा सुविधा पाउनुपर्ने हो त्यो पाउन नसक्नु आफैमा गम्भीर प्रश्न खडा रहेको प्रष्ट पार्दै कर्मचारी तथा शिक्षक हरूको तलब बढ्नु सराहनीय रहेको तर मदरसा शिक्षालाई समेत मूल प्रवाहीकरणमा लाएर मदरसामा पढाउने शिक्षकको समेत उचित व्यवस्थापन गर्नुपर्ने माग गरे, मदरसा हरूको अवस्थाको बारेमा मंत्री चौधरी लाई अवगत गराउदै मदरसा को सम्पूर्ण व्यवस्थापनमा राज्यले ध्यान नदिएकाले मुस्लिम समुदायमा निराशा रहेको मंत्री चौधरी लाई अवगत गराए l

कार्यक्रममा जामिया सिराजुल उलुम अल्सल्फियाका अध्यक्ष समिम अहमद नदवीले मंत्री चौधरी हाम्रो विद्यालयको अनुगमन गरेकोमा विशेष आभार प्रकट गर्दै अतिथि हरूलाई दोसल्ला ओढाई तथा नेपाली अनुबाद को कुरान शरीफ कोसेली स्वारुप दिएका थिए l कार्यक्रममा विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, पत्रकार , नेता, सामाजिक व्यक्ति, शिक्षा प्रेमी लगायतको उपस्थित रहेको थियो l

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP