Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

लुम्बिनी प्रदेश मदरसा बोर्डको उपाध्यक्षमा मौलाना मशहुद खां सिफारिस

बुटवल ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तुका मसहुद खाँलाई मनोनयन गर्ने निर्णय गरेको छ । मौलाना मशहुद खां नेपाली धेरै समय देखि मदरसाको हकहित तथा संरक्षण व्यवस्थापन सम्बंधि काम गर्दै आएका छन् l पहिला पनि लुम्बिनी प्रदेश मदरसा बोर्डको उपाध्यक्ष भएर काम गरि सकेको अनुभव उहामा रहेको उनी निकट स्रोत ले जनाएको छ l

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा हेरफेर सम्बन्धी ऐन संशोधनका लागि सूचना स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।सरकारका प्रवक्ता आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले मुख्यमन्त्री र मन्त्रीको तलब सुविधा बढाउन नभइ सरकारले नियुक्त गर्ने विज्ञहरुको तलब सुविधाका लागि ऐन संशोधन गर्न लागिएको बताए ।बैठकले लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्को संगठन संरचना र दरबन्दी स्वीकृत, आइसोलेसन अस्पतालहरुको सेवा निरन्तरता र अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद २०७९ भाद्र मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।यस्तै जग्गा एकीकरण सम्बन्धी नियमावली, २०७९ को नियम ४ बमोजिमको उच्चस्तरीय निर्देशक समितिमा विज्ञ सदस्यहरुको सेवा सुविधा निर्धारण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

यस्तै आर्थिक वर्ष २०७८÷७९मा आर्थिक दायित्व सिर्जना भई भुक्तानी क्रममा सरकारी लेखा प्रणालीमा आएको समस्याको कारणले भुक्तानी दिन नसकिएको भनी लेखा उत्तरदायी अधिकृतबाट सिफारिस भएको अवस्थामा प्रदेश लेखा नियन्त्रक कार्यालय र सम्बन्धित प्रदेश लेखा इकाई कार्यालयहरुले भुक्तानी दिन बाँकी विवरण प्रमाणित गरी दिन स्वीकृत प्रदान गर्ने, प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन (तेस्रो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गर्ने र हवाई उद्दार सम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छl

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP