सिकाई आदान प्रदान तथा अनुगमन सम्पन्न

कपिलवस्तु । अभिभावकहरुलाई रुपान्तरण वारे ३ दिवसीय तालिम UNFPA को आर्थिक सहयोग VSO को सहकार्य र मधेश मानव अधिकार गृह (माहुरी होम)को संयुक्त साझेदारीमा संचालित बाल विवाह अन्त्यका लागि विश्वव्यापी किशोरी सशक्तिकरण परियोजना अन्र्तगत कपिलवस्तु नगरपालिका द्धारा सिकाई आदान प्रदान तथा अनुगमन गरिएको छ ।

अनुगमनमा नगरपालिकाका उपप्रमुख सुनीता गुुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवाली, कपिलवस्तु नपा वडा नं. २ का कार्यवाहक गंगाराम यादव, स्वास्थ्य शाखा प्रमुख उमेश कुमार गुप्ता, माहुरी होमका महासचिव संगीता चौरसिया, फिल्ड सुपरभाईजर रिखिराम निगम लगायतको सहभागिता रहेको थियो ।

बाल विबाह तथा लैंगिक हिंसाको अन्त्य, किशोर किशोरीहरुलाई सामाजिक हानिकारक मूल्यमान्यता वारे सचेत गराउनु, बाल विबाह रोकथाम गर्ने, किशोरी सशक्तिकरण, सामाजिक तथा लैंगिक मान्यतामा रुपान्तरण र बालविबाह रोकथाममा स्थानीय सरकारको प्रयास जस्ता कार्यक्रमको उद्देश्यलाई सफल बनाउनका लागि कपिलवस्तु नगरपालिका वडा नं. २ लम्तीया समूहका अभिभावकहरुलाई रुपान्तरण तालिममा विभिन्न विषयवस्तुहरु बाल अधिकार, किशोरावस्था, लैंगिकता र सामाजिक समावेशीकरण, यौन तथा प्रजनन स्वास्थ्य, बाल बिबाह, दुरब्यवहार र हिंसा लागु पदार्थ, जीविकोपार्जन र आर्थिक शिक्षा लगायतका विषयवस्तुमा रहेको दोश्रो दिन नगरपालिकाले सिकाई आदान प्रदान तथा अनुगमन गरेको थियो ।

सिकाई आदान प्रदान तथा अनुगमनको क्रममा अभिभावकहरु द्धारा २ दिनमा सिकेका विषयवस्तुहरु बालअधिकार, किशोरावस्था, लिंग र लैंगिकता, किशोर किशोरीमा गरिने विभेदवारे जानकारी अनुगमनकर्ताहरुलाई दिएका थिए भने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले नगरपालिका द्धारा प्रदान गरिने स्वास्थ्य सेवालाई ध्यानमा राखेर दस्तुरको आधा रकममा स्वास्थ्य बीमा गर्नका लागि सबैलाई जानकारीका साथै किशोर किशोरीमा हुने विभेदलाई अन्त्य गर्नका लािग तपाईहरुलाई यो प्याकेज प्रदान गरिएको हो ।

कपिलवस्तु नगरपालिका वडा नं. २ का कार्यवाहक वडाध्यक्षले आफ्नो मन्तब्यमा यस्तो तािलम सबैको लागि आवश्यक रहेको महशूस गर्नु भएको र सबैलाई आफ्नो किशोर किशोरीमा विभेद नगर्नका लागि आग्रह गर्नु भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुखले आफ्नो मन्तब्यमा रुपान्तरण तालिम अभिभावकहरुलाई धेरै नै सराहनीय कार्य माहुरी होमले गरिरहेछ, जसले बालबालिकालाई सामाजिक, सांस्कृतिक, बौद्धिक विकासमा ठुलो योगदान गर्नेछ, रुपान्तरणले किशोर किशोरीलाई चाहिने शिक्षा प्रदान गर्दछ, जसवाट किशोर किशोरीहरुको काम, कर्तव्य र अधिकारका साथै उहाँहरुको चौतर्फी विकासमा यो रुपान्तरण अति नै आवश्यक विषयवस्तु रहेको छ ।

नगर उपप्रमुख ज्यूले आफ्नो मन्तब्यमा शिक्षा नै जीवनको अमूल्य गहना हो जसमा रुपान्तरणले तपाई तथा बालवालिकाको भविष्यलाई उज्जवल बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ र हामीले नगरपालिकावाट चाहिने किशोर किशोरीलाई आवश्यकता पूर्ति गर्नमा प्रयास गर्नेछौं ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP