Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित हुने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ।

सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाँणको आग्रहमा प्रतिनिधिसभाले विधेयक पारित गर्ने तयारी गरेको हो। विधेयक पारितको सम्भावित कार्यसूची बुधबार नै प्रकाशन भइसकेको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार सरकारसँगको परामर्शका आधारमा कार्यसूची तय भएको हो।

गठबन्धनको निर्णय र सरकारको आग्रहअनुसार प्रतिनिधि सभामा बिहीबार गृहमन्त्री खाँणले ‘सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस्’ प्रस्ताव पेश गर्नेछन्। त्यसपछि सन्देशमा उठाइएका विषयमा आधारित भएर छलफल हुनेछ। छलफलपछि विधेयक पारित हुनेछ।

यस पटक पनि विधेयक समितिमा नपठाई सदनबाटै पारित गर्न लागिएको हो। यसअघि पनि नागरिकता विधेयकको प्रक्रिया ‘फास्ट ट्र्याक’मै अघि बढेको थियो। विधेयक दफावार छलफल समितिमा नपठाई सदनमै भएको थियो। 

राष्ट्रपतिको सन्देशअनुसार विधेयक पुनर्विचार गर्न चाहेमा प्रक्रिया भने सदनमा पनि पूरा हुन सक्नेछ। संसद्ले विधेयकलाई यथास्थितिमा वा परिमार्जन गरेर पठाउनसक्ने व्यवस्था छ। प्रतिनिधिसभाको प्रक्रिया पूरा भएपछि विधेयक राष्ट्रिय सभामा जानेछ। दुवै सदनबाट पारित विधेयक प्रमाणीकरणका लागि पेश भएको १५ दिन प्रमाणीकरण हुने संवैधानिक व्यवस्था छ।

यसअघि दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि पठाइएको थियो। तर विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले केही प्रावधानमा ध्यानाकर्षण गराउँदै पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP