Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

ठेकेदारको लापरवाहीले विमानस्थल व्यवस्थापन अलपत्र

बारा : बाराको सिमरा विमानस्थलको धावनमार्ग मर्मत सम्पन्न गर्न ठेकेदार कम्पनीले आलटाल गरेको छ। नियमित मर्मत कार्य गरेर समयमै सम्पन्न गर्नुको सट्टा मुख्य ठेकेदार सम्पर्कविहीन भएर गैरजिम्मेवार बन्नुले आलटाल प्रष्ट भएको छ।

जेठ २४ गतेदेखि धावन मार्गको मात्रै मर्मतको काम सुरु गरेको ठेकेदार कम्पनीले २० दिनमा (असार १२ गतेभित्र) काम पूरा गर्ने सम्झौतामा उल्लेख छ। तर ५३ दिन बढी भइसक्दा पनि १० प्रतिशत काम अधुरै छ भने ठेक्काको अन्य पाटो छुनै बाँकी छ।

सप्तकोशी जलाधार ओमसाई प्रालिले एक हजार एकसय ९२ मिटर धावन मार्गमा ओभरल्याप (पिचमाथि पिच) गर्ने, विमानस्थलको चारैतर्फ तारजाली, पार्किङ क्षेत्र पिच, एउटा गेट र नाला निर्माणलगायत कार्यका लागि करिब १० करोड रुपैँयामा ठेक्का लिएको हो।

कम्पनीले धावनमार्ग जस्तो संवेदनशील स्थानको काममा अझै एक सय ५० मिटर ओभरल्यापको काम थाती राखेको छ।

दिनभरी जहाज चल्ने भएकाले बेलुका ७ देखि बिहान ५ बजेसम्म रन वे मर्मतको काम गर्नुपर्ने हुन्छ। विमानस्थल प्रमुख सुरेन्द्र कुश्वाहाले भने, ‘सुरु गरेपछि नरोकी गर्नुपर्ने, नियमित कार्य गर्दा मात्रै १४ दिनमा सकिने काम हो, भैपरी आउने बाधालाई मध्येनजर गरेर २० दिनको सम्झौता गरेकोमा ठेकेदार गम्भीर नबन्दा रन वे मर्मत जस्तो कार्य धेरै ढिलो भयो। यसले गर्दा व्यवस्थापनमा सास्ती खेप्नुपर्‍याे।’

सिमरा विमानस्थल सूत्रका अनुसार विमानस्थलको मर्मत सम्भारको सम्पूर्ण जिम्मा लिएको सप्तकोशी जलाधार प्रालिले पप्पु कन्स्ट्रक्सनलाई पेटी ठेकेदारको रुपमा प्रयोग गरेको छ। पप्पु कन्स्ट्रक्सन यसअघि नै समयै निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीका रुपमा पटकपटक कारबाहीमा पर्दै आएको कम्पनी हो।

सप्तकोशी जलाधार ओमसाई प्रालिका ईन्जिनियर निरञ्जन कुमार यादवले धावन मार्गमा लगाईएको पुरानो पेन्ट निकाल्न, ठेक्का सर्भे गर्न तथा मौसम प्रतिकूल भएर समय लागेको बताए। आन्तरिक कारणले रन वेको काम नियमित हुन नसकेर ढिलो भएको स्वीकार्दै इन्जिनियर यादवले भने ‘लगभग धावनमार्गको पिच थप्ने काम ९० प्रतिशत सकिएको छ, बाँकी काम गर्न फेरि सुरु गरिसकेका छौँ अब चाँडै रन वे कम्प्लिट हुन्छ, अरु बाँकी काम पनि समयभित्रै सक्छौँ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP