Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

क्रिप्टोकरेन्सी प्रतिबन्धको सूचना बदरको माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता

काठमाडौं : क्रिप्टोकरेन्सी लगायतका डिजिटल मुद्रालाई कानुनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। 

अधिवक्ता सागर बराल लगायतले हिजो बुधबार अदालतमा दायर गरेको रिट बिहीबार दर्ता भएको हो। अहिले विश्वभर डिजिटल करेन्सीको कारोबार भइरहेकाले नेपालमा पनि यसलाई खुला गर्नुपर्ने रिटमा जिकिर गरिएको छ। विश्वका कतिपय देशले डिजिटल मुद्राको रुपमा वैधानिकता दिएकाले नेपालमा पनि पाउनुपर्ने माग राखी दायर गरिएको छ।

राष्ट्र बैंकले जारी गरेको क्रिप्टोकरेन्सी प्रतिबन्धको सूचना बदरको माग गरी दायर गरिएको रिट निवेदन आज दर्ता भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। उनका अनुसार रिटमा सिधै कानूनी मान्यता दिन भने माग गरिएको छैन।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ। रिटको प्रारम्भिक सुनुवाइ आगामी सोमबार हुनेछ।

केही दिनअघि मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनकि सूचना निकालेर क्रिप्टोकरेन्सी तथा गैरकानुनी भर्चुअल कारोबार गरे कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP