Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

नागरिकता विधेयक बहुमतले पारित : पक्षमा १३५ मत, विपक्षमा ६०

काठमाडाैं : प्रतिनिधिसभाको आज बसेको बैठकले नागरिकता विधेयक बहुमतले फेरि पारित गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्‌मा सन्देशसहित फिर्ता पठाएको विधेयक आजको संसद् बैठकले पूर्णतया छलफल गरी मत विभाजनसहित बहुमतले पारित गरेको हो।

मतदानमा नागरिकता विधेयककाे पक्षमा १३५ मत, विपक्षमा ६० मत परे भने मत दिन्नँ भन्ने पक्षमा एकमत पनि परेकाे थिएन। 

प्रतिपक्ष दल नेकपा एमालेले विधेयक पास गर्न मतदानकाे माग गरेपछि सभामुख अग्निप्रसाद सापकाेटाले सांसदहरु​लाई मतदानकाे अवसर दिएका थिए। तर प्रतिनिधिसभामा एमालेका ९८ जना सांसद रहे पनि मतदानका वेला ३८ जना सांसद अनुपस्थित रहेका थिए।

यसअघि सो विधेयकबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक अब रोकेर राख्न सक्ने अवस्था नरहेको बताएका थिए। उनले प्रमुख प्रतिपक्षी एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयकअनुसार नै यो विधेयक आएकाले त्यसको विरोध गर्न नमिल्ने तर्कसमेत गरेका थिए। गृहमन्त्री खाँणले सरकारले सो विधेयक संविधानअनुकूल हुने गरी ल्याएको दाबीसमेत गरेका थिए।

सरकारले अब विधेयक प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिकहाँ पठाउनेछ।

प्रतिनिधिसभाको अर्को बैठक  भदौ ५ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP