महानगरको अल्टिमेटमपछि फनपार्कले एकमुष्ट तिर्‍यो २० लाख कर

काठमाडौं : काठमाडौं महानगरपालिकाले कर तिर्न २४ घण्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपमा रहेको फनपार्कले कर रकम बुझाएको छ।

महानगरको राजश्व विभागका निर्देशक डा.शिवराज अधिकारीका अनुसार फनपार्कले बिहीबार झण्डै २० लाख रुपैयाँ कर बुझाएको हो। फनपार्कले मनोरञ्जन करबापत १७ लाख ३६ हजार र व्यवसाय करबापत २ लाख ६१ हजार रुपैयाँ तिरेको उनले बताए। 

उनका अनुसार मनोरञ्जन कर पाँच वर्षको र व्यवसाय कर सात वर्षको हो। फनपार्क रहेको जग्गा भाडामा लगाएको समाज कल्याण परिषदले महानगरलाई तिर्नुपर्ने बहाल कर पनि १० वर्षदेखि नतिरेको निर्देशक अधिकारीले थाहाखबरलाई जानकारी दिए। 

‘समाज कल्याणले १० वर्षदेखि बहाल कर तिरेको छैन’, अधिकारीले भने, ‘३०/४० लाखको हाराहारीमा बाँकी होला, हामीले तत्काल तिर्न आज पत्र पठाएका छौं।’  परिषद्ले ६० रोपनी जग्गा फनपार्कलाई भाडामा दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP