Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

वार्षिक उपभोक्ता मूल्यवृद्धि ८.२६ प्रतिशत

काठमाडौं: चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनाको मूल्यवृद्धि ८ दशमलव २६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरी मूल्यवृद्धिको जानकारी दिएको हो। अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो महिनामा मूल्यवृद्धि झण्डै दोब्बरले बढेको हो।

आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ४ दशमलव ३५ प्रतिशत रहेको थियो । २०७८ साउनको तुलनामा २०७९ साउनमा घिउ तथा तेल १९ दशमलव ५८ प्रतिशत, फलफूल १८ दशमलव ७९ प्रतिशत, होटल तथा रेष्टुरेन्ट ११ दशमलव ८४, मदिराजन्य पेय पदार्थमा १० दशमलव २४ र दुग्ध पदार्थ तथा अण्डामा १० दशमलव १९ प्रतिशतले मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

गत एक महिनामा सबैभन्दा बढी तराइमा ८ दशमलव ७२ प्रतिशतले मूल्यवृद्धि भएको छ भने काठमाडौं उपत्यकामा ७ दशमलव ३९ प्रतिशतले मूल्यवृद्धि भएको छ।

त्यसैगरी पहाडमा ८ दशमलव ६४ र हिमालमा ६ दशमलव ६४ प्रतिशत मूल्य बढेको छ। यहि अवधिमा रेमिट्यान्स पनि २० दशमलव ३ प्रतिशतले बढेर ९२ अर्ब २१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP