बङ्गलादेशले बालबालिकाको सुरक्षाका लागि ६ हजार सामाजिक कार्यकर्ता भर्ना गर्ने

एजेन्सी । बङ्गलादेशले बालबालिकाको सुरक्षाका लागि ६ हजार नयाँ सामाजिक कार्यकर्ता भर्ना गर्ने भएको छ ।

विस्तृत राष्ट्रिय घरधुरी सर्वेक्षणले १५ वर्षमुनिका ४ करोड ५० लाख बङ्गलादेशी बालबालिका घरमा शारीरिक र मनोवैज्ञानिक हिंसाको सिकार हुने गरेको प्रतिवेदन सार्वजनिक गरेपछि बालबालिकाको सुरक्षा सम्बन्धी प्रतिबद्धता आएको हो ।

राजधानी ढाकामा युनिसेफ र युरोपियन युनियनले संयुक्त रुपमा गरेको कार्यक्रमको प्रधानमन्त्री शेख हसिनाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो । बङ्गलादेशमा ३० लाखभन्दा धेरै बालबालिका बालश्रम गर्छन् । जसमध्ये १३ लाख बालबालिका जोखिमपूर्ण बालश्रम गर्न बाध्य छन् ।

बङ्गलादेशका लागि युनिसेफका प्रतिनिधि शेल्डन येटले नयाँ भर्ना गरिने सामाजिक कार्यकर्ताहरू बालबालिकालाई सबैभन्दा बढी आवश्यक पर्ने समुदायमा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP