Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

कपिलवस्तुमा १० जनाले मात्र बुझाए चुनावी खर्च विवरण,को को कारवाहीमा पारे ?

माधव बेल्वासे, कपिलवस्तु ।
गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले खर्चको विवरण निर्वाचनमा आयोगमा पेस नगर्दा जरिवानामा परेका छन् । कपिलवस्तुमा ३५५३ उम्मेदवार मध्ये १० जनाले मात्र खर्चको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । थप ७ जनाको ढिलाइका साथ विवरण प्राप्त भएको जनाएको छ । निर्वाचित जनप्रतिनिधिहरूले पनि खर्चको विवरण निर्वाचनमा आयोगमा पेस गरेका छैनन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह,वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम,शिवराज नगरपालिकाका प्रमुख अजय थापालाई ४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । नगरपालिका मध्ये बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ र कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले खर्चको विवरण निर्वाचनमा आयोगमा पेस गरेको बताइएको छ ।

मायादेवी गाउँपालिकाका वलिउद्धीन मुसलमान,यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारी,विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा,शुदधोन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । ६ महिनाभित्र जरिवाना तिर्नुपर्ने छ र सो समयभित्र जरिवाना नतिरे उनीहरूको पद जाने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरूसहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ। निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले कारबाही गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP