रुसमा आंशिक रूपमा सेना परिचालन गर्न राष्ट्रपति पुटिनको आदेश

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आंशिक रूपमा सेना परिचालन गर्न आदेश दिनुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यो कदम भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको बताउनुभएको छ। टेलिभिजन सम्बोधनका क्रममा पुटिनले पश्चिमा देशहरुले रुसलाई कमजोर देख्न चाहेको आरोप समेत लगाउनुभयो ।

आक्रमणपछि रुसले कब्जा गरेका केही क्षेत्र युक्रेनले पुनः आफ्नो नियन्त्रणमा लिएसँगै पुटिनले सेना परिचालनको आदेश दिनुभएको हो । अहिले जगेडामा राखिएका सेनालाई मात्रै परिचालनका लागि बोलाइएको छ। रुसमा झण्डै २० लाख जगेडा सेना रहेको अनुमान छ । तर अहिले तीन लाख सेना परिचालन हुने रुसी रक्षामन्त्री सर्गेइ शोइगुलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

रुसले कब्जा गरेका युक्रेनका केही क्षेत्रमा रुससँग गाभिने विषयमा जनमत सङ्ग्रहको घोषणा भएलगत्तै पुटिनले सेना परिचालनको कदम चाल्नुभएको हो । पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरिजा र खेअर्सनमा भोलिदेखि पाँच दिन मतदान गर्ने योजना बनेको छ । ती चार क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशत ओगट्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

रुसले सन् २०१४ मा क्राइमिया आफूमा गाभेको थियो । र त्यतिबेला रुसले गराएको मतदानको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो । अहिले पनि पश्चिमी देशहरुले रुसको योजना तथा युक्रेन आक्रमणलाई लिएर आलोचना गर्दै आएका छन् । अमेरिका, जर्मनी र फ्रान्सले मतदानको नतिजालाई कहिल्यै मान्यता नदिने बताएका छन् । त्यस्तै नेटो सैन्य गठबन्धनले पनि रुसी योजनाको आलोचना गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP