देउवाजी पाँचपटक प्रधानमन्त्री हुँदा पनि अहंकार पटक्कै छैन : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पाँचपटक प्रधानमन्त्री हुँदा पनि शेरबहादुर देउवामा कुनै घमण्ड नभएको बताएका छन्। 

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्माकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

देउवासँगै मञ्चमा रहेको अध्यक्ष नेपालले भने, पाँचपटक प्रधानमन्त्री हुँदा पनि हाम्रो प्रधानमन्त्रीको कुनै अहंकार छैन। तर, कोही मान्छे अहंकारी हुने रहेछन्। मान्छेहरू पैसा, सत्ता पदको अहंकारले मात्तिएको हुन्छन्।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै पद र सत्ताको कारणले अहंकारी बनेको टिप्पणी गरे। उनले देश असंलग्न परराष्ट्र नीतिको विषयमा सबै प्रष्ट हुनुपर्ने बताए। 

समाजको विभेद अन्त्य गर्दै देशको अर्थतन्त्र सुधार गर्नु सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP