Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

राष्ट्रिय खेलकुद छनौट उसुमा एउटै पालिकाका ७ ले जिते स्वर्ण

जानु पाण्डे, कपिलवस्तु ।
नेपालगन्जमा जारी नवौँ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेश छनौट अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७ खेलाडीले उसु तर्फ ७ स्वर्ण पदक जितेका छन् ।

५ वर्ष देखी उसु प्रशिक्षण सुरु गरेको बुद्धभूमिले जिल्लाको प्रतिनिधित्व गरेको थियो । सोमबार भएको खेलमा बुद्धभूमिका ५ खेलाडी रजत पदकमा सीमित हुनु भएको कपिलवस्तुका प्रशिक्षक दत्त पाण्डेले बताउनु भयो । जिल्लाले ६ पुरुष र ६ महिलालाई सहभागी गराएको थियो ।


बुद्धभूूमिका लक्ष्मी परियार (४५–४८ केजी समूह), निर्गेश श्रेष्ठ (५६–६०केजी), अभिशेख तङलामी(६०–६५ केजी समूह), श्वेता काउछा(६०–६५ केजी समूह), प्रकाश कुँवर (४५–४८ केजी समूह), सन्तोष अधिकारी (५२–५६ केजी समूह), सन्ध्या शिरिस मगर (५२–५६ केजी समूह) ले स्वर्ण पदक जित्नु भएको थियो ।

यसै गरी सुना काउछा, गङ्गा जिसी, निशान खनाल, मनीषा राना मगर, रोहित थारुले रजत पदक जित्नु भएको छ । उसुमा बाँकेले ८ स्वर्ण पदक जित्दै प्रथम र बर्दियाले ३ स्वर्ण पदक जितेर तृतीय स्थान हासिल गरेको छ । स्वर्ण पदक विजेतालाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP