रुसले युक्रेनका चार वटा भू–भागमा गरेको जनमत सङ्ग्रह सकियो

 एजेन्सी । रुसमा गाभिने वा युक्रेनमै रहने भनेर रुसले युक्रेनका चार वटा भू–भागमा गरेको जनमत सङ्ग्रह सकिएको छ ।

युक्रेनको दक्षिण पूर्वी क्षेत्रहरू लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेअर्सनमा शुक्रवारदेखि सुरु भएको मतदान हिजो सकिएको हो ।

युक्रेनसहित अमेरिका, युरोपेली युनियनलगायतले यो जनमत सङ्ग्रहलाई अवैधानिक भन्दै आएका छन् । तर, रुसले प्राप्त मतदानका आधारमा अगाडि बढ्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि सन् २०१४ मार्चमा पनि रुसले युक्रेनी क्षेत्र क्रिमियालाई यही प्रक्रियाबाट आफ्नो पक्षमा पारेको थियो ।

गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युक्रेनसँग युद्ध चलिरहेका बेला युक्रेनी भू–भागमा जनमत सङ्ग्रह हुनुअघि अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जगेडा सैनिक परिचालनको आदेश समेत दिनुभएको थियो । तर सेना परिचालनको यो निर्णयमा कमजोरी भएको रुसले स्वीकार गरेको छ ।

जनस्तरबाट विरोध हुन थालेपछि रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले यो निर्णयमा कमजोरी भएको स्वीकार गरेको हो । जगेडा सैनिक परिचालनको आदेशपछि भएको विरोध प्रदर्शनमा सहभागी दुई हजारभन्दा धेरै नागरिक पक्राउ परेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP