Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडको टुंगो लगाउने दाबी

काठमाडौं : सीट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ। निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँडमा चटारो छ। निर्वाचन आउन अब ५३ दिनमात्रै बाँकी छ।

त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो। बैठकले सीट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ।

मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सीट बाँडफाँटको मापदण्ड बनाएको थियो। प्रदेशसभातर्फको ३३० सीट बाँडफाँडको प्रस्ताव तयार गरेको नेताहरुले जनाएका छन्। 

आजको बैठकले प्रतिनिधिसभातर्फको सीटबाँडफाँटमा पनि सहमति हुने जनाइको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सबै सीटमा सहमति हुने जनाएका छन्। त्यस्तै कांग्रेस प्रवक्ता डाक्टर रामशरण महतले पनि आज सीट बाँडफाँडको टुंगो लाग्ने दाबी गरेका छन्। 

गत साउन २० गते सत्ता गठबन्धनमा सीट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो। जस अनुसार कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेका छन्।

त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्।

मंसिर २० मै सत्ता गठबन्धनले मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP