Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

बैंकको ब्याजदर वृद्धि स्थायी होइन : डेपुटी गभर्नर मिश्र

काठमाडौं : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन्।

उनले बैंकको ब्याजदर बढ्ने ट्रेण्ड सामान्य भएको भन्दै वृद्धि भएको ब्याजदर चाँडै घट्ने दाबी गरे। उनले अहिले संसारभर ब्याजदर बढाउने ट्रेण्ड चलेकाले नेपालमा पनि त्यसको प्रभाव परेको उल्लेख गरे। मिश्रले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा नभएको बताए।

उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चितीमा ठूलो योगदान पुर्‍याउने रेमिट्यान्स प्रत्येक महिनामा बढ्दै गइरहेको बताए। नेपालमा रेमिट्यान्स तथा विदेशी पर्यटनको आगमन बढेकाले अर्थतन्त्रमा थप सुधार आउने बताए।

आगामी मौद्रिक नीतिको समीक्षामा खुशी प्राप्त हुनसक्ने संकेत देखिएको उनले बताए।

उनले कृषि र पर्यटन क्षेत्रको विकासबाट नै मुलुकलाई आत्मनिर्भर बनाउन सम्भव रहेको बताए। उनले मुलुक आत्मनिर्भर बन्न लामो पाइला चलाउन आवश्यक भएको भन्दै सरकार र निजी क्षेत्र सबै मिलेर जानुको विकल्प नभएको बताए।​

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP