Trending
समाज बिहानदेखि लागेको कुहिरो हट्दै, मौसम खुल्न थालेसँगै उडान अवतरण सुरु समाज सुकुम्बासी बस्तीको समस्यालाई लिएर मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग छलफल राजनीति बागलुङका मतदाताको गुनासो : नेताले सधैँ जिते, जनताले कहिल्यै जितेनौँ’ अपराध नक्कली प्रशासकीय अधिकृत पक्राउ समाज संसद भवन तत्काल खाली गर्न नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐरको माग राजनीति धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी राजनीति चुनाव हारेपछि नियमित सेवामा फर्किए डाक्टर समाज मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एकजना घाइते राजनीति आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै अपराध श्रीमतीको हत्या आरोपमा पक्राउ

सी सँगको वार्तामा दुई देशबीचको विवादको बिन्दुको खोजी गरिनेछ : बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँगको उच्चस्तरीय वार्तामा दुई देशबीच बढिरहेको विवादको बिन्दु पत्ता लगाउने बताउनुभएको छ । भोलिदेखि इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलनका क्रममा दुई शक्ति देशका राष्ट्रपतिबीच भेट हुन लागेको हो ।

बाइडेन र सी बीच पहिलो प्रत्यक्ष भेट हुन लागेको हो । अमेरिकामा केही दिनअघि भएको मध्यावधि चुनावमा बाइडेनको पार्टी डेमोक्र्याटले अनपेक्षित सफलता हासिल गरेको छ भने तेस्रो कार्यकाल चीनको राष्ट्रपति सम्हाल्नुभएका सी देशमा थप शक्तिसम्पन्न बन्नुभएको छ ।

अहिले शक्तिशाली देशहरु अमेरिका र चीनबीच अन्तर्राष्ट्रिय व्यवस्थाप्रति फरक मत रहँदै आएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका देशबीच व्यापार, मानव अधिकार तथा ताइवान रुस–युक्रेन मामिलामा विवाद रहेको छ ।

जी–२० सम्मेलनमा जानुअघि एसियाली नेताहरूसँग भेट गर्नुभएका अमेरिकी राष्ट्रपति बाइडेनले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुबीच निकै थोरै मात्र मतभिन्नता रहेको भन्दै विवादका बिन्दु पत्ता लगाउने बताउनुभयो।

उत्तर कोरियाले छिट्टै साताैँ पटक आणविक परीक्षण गर्ने अनुमानबीच बाइडेनले चीनलाई उत्तर कोरियामाथि नियन्त्रणका लागि आग्रह गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP