Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

कपिलवस्तुमा एकजना मतदान अधिकृतलाई कार्यवाहि

मनिष गुप्ता, कपिलवस्तु – कपिलवस्तुमा नैतिक आचरण विपरित कार्य गरेका एक जना मतदान अधिकृतलाई कार्यवाहि गरिएको छ । जिल्लाको क्षेत्र नं ३ (२) को कृष्णनगर नगरपालिका वडा नं. ४ मा रहेको गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेद प्रसाद पन्थीलाई जिम्मेवारीबाट पदमुक्त गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालय चन्द्रौटा, कपिलवस्तुुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो । पन्थीलाई कार्तिक २२ गतेदेखी मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो । अधिकृत पन्थीले निर्वाचनको कार्य सम्पादन गर्दा उच्चस्तरको नैतिक आचरण विपरितक कार्य गरेको हुनाले मतदान अधिकृतलाई जिम्मेवारीबाट पदमुक्त गरिएको कपिलवस्नु क्षेत्र नं ३ का निर्वाचन अधिृकत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्देशिका २०७९ दफा ८३(१) बमोजिम उक्त मतदान केन्द्रमा यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरिएको निर्वाचन अधिृकत प्रकाश मरासिनीले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सम्बन्धी कार्यका लागि खटाइएका मतदान अधिकृत लगायतका सम्पूर्ण कर्मचारीहरुलाई तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न निर्वाचन अधिृकत मरासिनीले निर्देशन समेत दिनुभयो ।

यदी कसैले नियम विपरित कार्य गरेको पाइए निर्वाचन कानून बमोजिम कारवाही गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP