Trending
समाज बिहानदेखि लागेको कुहिरो हट्दै, मौसम खुल्न थालेसँगै उडान अवतरण सुरु समाज सुकुम्बासी बस्तीको समस्यालाई लिएर मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग छलफल राजनीति बागलुङका मतदाताको गुनासो : नेताले सधैँ जिते, जनताले कहिल्यै जितेनौँ’ अपराध नक्कली प्रशासकीय अधिकृत पक्राउ समाज संसद भवन तत्काल खाली गर्न नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐरको माग राजनीति धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी राजनीति चुनाव हारेपछि नियमित सेवामा फर्किए डाक्टर समाज मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एकजना घाइते राजनीति आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै अपराध श्रीमतीको हत्या आरोपमा पक्राउ

गोरखाका धाँधली भएका भन्दै पुनः मतदान गराउन एमालेको माग

गाेरखा – नेकपा एमाले गोरखाले जिल्लाका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: चुनाव गराउन माग गरेको छ। जिल्ला सचिव काजीराम रोकाले विज्ञप्ति निकालेर निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरुको नामबाट समेत मतदान गरिएको पाइएको भन्दै चनाव स्वतन्त्र र निष्पक्ष हुन नसकेको दाबी गर्नु भएको छ।

ती केन्द्रमा सत्ता गठबन्धनका मतदान प्रतिनिधिहरुले अन्य उम्मेदवारका प्रतिनिधिलाई हातपात गर्ने लगायतका अवाञ्छित गतिविधि गरेका पनि विज्ञप्तिमा दाबी गरिएको छ। विन्द्रावती मावि मसेलका ३ वटा केन्द्र, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा केन्द्र, आरुघाट गाऊँपालिका-१ मान्बुका केही मतदान केन्द्र, सौरपानीको हिमालय मावि केन्द्र, ताकुकोटको सूर्यज्योती मावि केन्द्र, धार्चे गाऊँपालिका-३ को पार्वती आधारभूत विद्यालय केन्द्रमा पुनः मतदान गर्न एमालेको विज्ञप्तिमा माग गरिएको छ।

ती केन्द्रहरुमा मतदानका क्रममा भएको अवाञ्छित गतिविधिहरुको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ। मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले केही केन्द्रमा निष्पक्ष रुपमा चुनाव हुन नसकेको भन्दै कार्यालयमा निवेदन प्राप्त भएको बताउनुभयो। केन्द्रमा खटिएका कर्मचारी लगायतसँग बुझेर यसबारे निर्क्याेल गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP