Trending
समाज बिहानदेखि लागेको कुहिरो हट्दै, मौसम खुल्न थालेसँगै उडान अवतरण सुरु समाज सुकुम्बासी बस्तीको समस्यालाई लिएर मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग छलफल राजनीति बागलुङका मतदाताको गुनासो : नेताले सधैँ जिते, जनताले कहिल्यै जितेनौँ’ अपराध नक्कली प्रशासकीय अधिकृत पक्राउ समाज संसद भवन तत्काल खाली गर्न नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐरको माग राजनीति धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी राजनीति चुनाव हारेपछि नियमित सेवामा फर्किए डाक्टर समाज मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एकजना घाइते राजनीति आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै अपराध श्रीमतीको हत्या आरोपमा पक्राउ

काठमाडौं : चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ।

चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। 

 चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे उनी चढेको माइक्रोबस दुर्घटना भएको थियो। 

सुन्दरवस्तीबाट नारायणघाटतर्फ आउँदै गरेको  बा ४ ख ४१२ नम्बरको माइक्रो रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा अन्य ४ जना घाइते भएको पण्डितको भनाइ छ। 

घाइते विश्वकर्मालाई अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको पण्डितको भनाइ छ। प्रहरीका अनुसार उनको शव अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको र पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने छ। 

थाहासञ्चार नेटवर्कबाट प्रशारण हुने चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता विश्वकर्मा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जात व्यवस्था उन्मुलन मोर्चा नेपालका सचिव थिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP