Trending
समाज बिहानदेखि लागेको कुहिरो हट्दै, मौसम खुल्न थालेसँगै उडान अवतरण सुरु समाज सुकुम्बासी बस्तीको समस्यालाई लिएर मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग छलफल राजनीति बागलुङका मतदाताको गुनासो : नेताले सधैँ जिते, जनताले कहिल्यै जितेनौँ’ अपराध नक्कली प्रशासकीय अधिकृत पक्राउ समाज संसद भवन तत्काल खाली गर्न नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐरको माग राजनीति धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी राजनीति चुनाव हारेपछि नियमित सेवामा फर्किए डाक्टर समाज मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एकजना घाइते राजनीति आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै अपराध श्रीमतीको हत्या आरोपमा पक्राउ

काठमाडौं :  नेपाल प्रहरीले नगदसहित कपडा चोरी गर्ने १० जना पक्राउ गरेको छ।

प्रहरी वृत्त मालिगाउँको टोलीले भारत राजस्थान घर भई हाल काठमाडौं महानगरपालिका–३० डिल्लीबजारमा सञ्चालन गरेको गोपाल इन्टरप्राइजेजको गोदामबाट सामान चोरी गर्ने १० जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

 पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिकाका २७ वर्षीय रामचन्द्र खड्का, २३ वर्षीय प्रदीप केसी, १९ वर्षीय पवन बस्नेत, २० वर्षीय दिलीप कार्की, २७ वर्षीय प्रकाश कोइराला, २२ वर्षीय प्रदीप कार्र्की, सिन्धुलीका ४१ वर्षीय लोकबहादुर तामाङ, ओखलढुङ्गाका ३६ वर्षीय लोकबहादुर नेपाली, सर्लाहीका ३६ वर्षीय छत्रबहादुर भट्टराई र भारत बिहारका २७ वर्षीय लालबहादुर राम रहेका छन्।

 जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले मंसिर २ गते सामान चोरी गरेका उनीहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको जानकारी दिए।

कपडा चोरी गर्ने सोही गोदाममा कार्यरत कर्मचारी भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका नेपाली तथा भारतीय पर्दा र सोफा बनाउन प्रयोग हुने अन्दाजी रु ५५ लाख मूल्यका कपडा बरामद गरेको छ।

 यस्तै एक लाख ३० हजार रुपैयाँ बरामद भएको छ। चोरीमा प्रयोग भएको बा०१ज ५३६७ नंको ट्याक्सी र बा१९च ९९४० नंको बोलेरो पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP