काठमाडौं : प्रतिनिधिसभातर्फ १ सय ५६ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। 

निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानहानसम्म १५६ वटा सिटको टुङ्गो लागेको छ भने अझै ९ वटा क्षेत्रको परिणाम आउन बाँकी छ। 

हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जीत हासिल गरेको छ।  नेकपा माओवादी केन्द्र १७ सिटमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७÷७, जनता समाजवादी पार्टी (जसपा) ले ६ र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले ४ सिट जितेको छ। नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले एक÷एक सिट जित्दा ५ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

मतगणना चलिरहेका ६ मध्ये ३ स्थानमा नेपाली कांग्रेस, २ स्थानमा नेकपा एमाले र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेका छन्। कांग्रेस उम्मेदवारहरु धनुषा ३ मा महेन्द्र यादव, उदयपुर १ मा डा.नारायण खड्का र सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन्। 

कार्कीको निर्वाचन क्षेत्र सुनसरी ४ मा विवाद हुँदा मतगणना रोकिएको छ। मतगणना जारी रहेका इलाम १ मा एमालेका महेश बस्नेत र सुनसरी ३ मा एमालेकै भगवती चौधरी अगाडि छन्। सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिइरहेकी छन्। बाजुरा, दोलखा र स्याङ्जा २ मा गरी तीन निर्वाचन क्षेत्रको मतगणना नै सुरु भएको छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP