कपिलवस्तु क्षेत्र नं ३ (१) मा अर्जुन केसी विजयी

कपिलवस्तु- कपिलवस्तु क्षेत्र नं ३ को (१) प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार केसी विजयी हुनुभएको छ । केसीले ११ हजार ७ सय ४३ मत ल्याई विजयी हुनुभएको हो ।

केसीका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रविदत्त मिश्राले ११ हजार ७ सय ३७ मत प्राप्त गरेका हुन् । केसीले ६ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो । केसी २०७४ सालको निर्वाचनमा पनि एमालेबाटै ३(१) को प्रदेश सभा सदस्य पदमा निर्वाचन हुनुभएको थियो ।

गएको विहिबार कपिलवस्तु ३ को प्रदेश सभा १ मा नेकपा एमालेका अर्जुन कुमार केसीले ११ हजार ७ सय ३५ मत ल्याउदा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रबिदत्त मिश्राले ११ हजार ७ सय २८ मत प्राप्त गर्नु भएको थियो । केसी ७ मतान्तरले बिजयी भएपछी लोसपाका कार्यकर्ताले विरोध गरेपछि निर्वाचन अधिकृतले प्रकाश मरासिनी आधिकारिक घोषणा गरेका थिएनन ।

लोसपाका कार्यकर्ताले मतगणनामा धाधली भएको भन्दै नाराबाजी गरेका थिए । खसेको मत गणना गर्दा १६४ मत नभेटेपछि विबाद भएको थियो । हराएको १६४ मत समानुपातिक मत पेटिकामा गएको हुन सक्ने भएकाले सामानुपातिक मत गणना गरिएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।

प्रदेश समानुपातिक मत पेटिकामा प्रत्यक्ष प्रदेश तर्फको २७ मत भेटिएको अधिकृत मरासिनीले बताउनु भयो । २७ मध्ये ९ मत लोसपाको र ८ मत एमालेको भेटिएको थियो । समानुपातिक मतगणना आज विहान सकिएको छ ।

माओवादी केन्द्रका उम्मेदवार एहसान खाँ ३ हजार ९ सय ६८, नेकपा एसका उम्मेदवार जिवलाल पौडेल २ हजार ७ सय ४०, राष्ट्रिय प्रजातन्त्र पार्टि कृष्ण पौडेलले ५ हजार ६ सय ७५ मत ल्याउनु भएको थियो ।

त्यस्तै जनमत पार्टि देवराज भारती २ हजार ६ सय ८५, स्वतन्त्र उम्मेदवार ओम प्रकाश कुर्मी ४ सय ९५, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवारले १ सय २१ मत नेपाल जनता पार्टीका उम्मेदवार ३ सय ५७ मत ल्याउनु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP