सप्तरी : श्रीमतीको हत्या गरेको आरोपमा राजविराज नगरपालिका–१ चनौरा पडरियामा भैयालाल भनिने हिरालाल रजक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार श्रीमती ४० वर्षीया गीताको हत्या गरेको आरोपमा ५२ वर्षीय भैयाललाल सोमबार पक्राउ परेका हुन्।

राजविराज नगरपालिका–१ स्थित प्रांगारिक मल बनाउने निर्माणाधीन भवनको प्यासेजभित्र शव फेला परेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। मृतकको टाउको तथा निधार समेतमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ।

राजविराज नगरपालिका–१ रामपुर टोल घर भएका उनीहरूपडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरी बसेका थिए। मृतकका बुबा गजानन्द रजक जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएकोकिटानी उजुरीका आधारमा आरोपित हिरालाललाई पक्राउ गरेको काफ्लेले जनाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP