Trending
flash मुख्यमन्त्री गिरी र उपाध्यक्ष मौलाना विच भेटघाट समाज अत्यधिक रक्तस्रावले सोलुखुम्बुमा सुत्केरीको मृत्यु समाज ६२ लाख नयाँ पुस्तक छापिइसके, समयमा किताब पुग्छ : जनक शिक्षा राजनीति मधेश प्रदेश : मन्त्रिपरिषद विस्तार‚ माओवादी अझै बाहिर राजनीति कैदी सांसदलाई छाड्न माग गर्दै कैलालीमा जुलुस अपराध बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार, नजिककै साथीको संलग्नता flash बिमित केसीका परिवारलाई दश लाखको चेक हस्तान्तरण अपराध बैंक एकाउन्ट ह्याक गर्ने ८ जना ललितपुरबाट पक्राउ flash नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग flash बोक्सी लगाएर देवर मारेको आरोपमा कुटपिट, प्रहरीले लिएन उजुरी

काठमाडौं : नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी) संसद भवन तत्काल खाली गर्न सरकारसँग माग गरेका छन्।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा मेला महोत्सवको महोत्सवमा विद्यमान चुनौती र आगामी तयारी कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारसँग यस्तो माग गरेका हुन्। उनले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरका मेला महोत्सव गर्नको लागि अन्तर्राष्ट्रिय स्तरको हलको आवश्यक रहेको भन्दै बिआइसीसी भवन संसद बस्नको लागि नभई अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रुपमा सञ्चालनका लागि भएकाले तत्काल खालि गराउनु पर्ने बताए। उनले सरकारले ठूलाठूला मेला महोत्सव आयोजना गर्न हल निर्माण गर्नुपर्ने बताए।

उनले भने,‘काठमाडौंमा अन्तराष्ट्रिय स्तरको हल आवश्यक छ । वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी) संसद भवन चीनले अन्तर्राष्ट्रिय स्तरको हलका लागि दिएको हो । त्यो संसद बस्ने स्थान होइन, बिआईसीसी हललाई जतिसक्दो खालि गराउनुपर्छ, त्यो अन्तर्राष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन, बिआईसीसी अन्तराष्ट्रिय प्रदर्शनी हल चीन सरकारको सहयोगमा बनेको हो, मेला महोत्सव तथा प्रदर्शनी गर्न हामीलाई दिइएको सम्पत्ति हो, जुन प्रयोजनाका लागि दिइएको हो त्यसैका लागि प्रयोगमा ल्याउनुपर्छ।’

उनले पदर्शनी स्थल पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग पर्यटन बोर्डले सकारात्मक भुमिका खेल्ने बताए। उनले मेला महोत्सव गर्न पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP