Trending
flash मुख्यमन्त्री गिरी र उपाध्यक्ष मौलाना विच भेटघाट समाज अत्यधिक रक्तस्रावले सोलुखुम्बुमा सुत्केरीको मृत्यु समाज ६२ लाख नयाँ पुस्तक छापिइसके, समयमा किताब पुग्छ : जनक शिक्षा राजनीति मधेश प्रदेश : मन्त्रिपरिषद विस्तार‚ माओवादी अझै बाहिर राजनीति कैदी सांसदलाई छाड्न माग गर्दै कैलालीमा जुलुस अपराध बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार, नजिककै साथीको संलग्नता flash बिमित केसीका परिवारलाई दश लाखको चेक हस्तान्तरण अपराध बैंक एकाउन्ट ह्याक गर्ने ८ जना ललितपुरबाट पक्राउ flash नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग flash बोक्सी लगाएर देवर मारेको आरोपमा कुटपिट, प्रहरीले लिएन उजुरी

सुकुम्बासी बस्तीको समस्यालाई लिएर मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग छलफल

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले आवश्यक छलफल थाल्नुभएको छ ।

हिजोको अवस्थापछि बेलुका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा छलफल समेत गर्नुभएको छ । हिजो थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो ।

महानगरको नगर प्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्बासीले  घरेलु  हतियारसहित  ढुङ्गामुढा  समेत गरेका थिए । सुकुम्बासी बाग्मती बस्तीका बासिन्दा रातभर पनि जाग्राम बसेका छन् । यसअघि बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती सुकुम्बासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो ।

तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्बासी  बस्तीमा  पुगेको थियो । महानगरका सह–प्रवक्ता महेशकुमार काफ्लेका अनुसार महानगरकाे नीति अनुसार नै अगाडि बढ्ने र यसबारेमा आज थप छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP