Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फबाट विजयी भएका उम्मेदवारहरुको घोषणा आज गर्दैछ । आयोगले हिजै अन्तिम घोषणा गर्ने बताएको थियो तर केही प्राविधिक तयारी नपुगेका कारण घोषणा गर्ने कार्यक्रम एक दिन पछि सारिएको आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा पनि आजै सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरिने आयोगले जनाएको छ ।

निर्वाचनको अन्तिम नतिजा घोषणा भएको एक हप्ताभित्र निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । आयोगले भोलि निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने तयारी गरेको पनि जनाएको छ ।

प्रतिनिधिसभा तर्फ दलहरुले पेश गरेको समानुपातिक सुचीमा सुधार गर्नुपर्ने नदेखिएपनि प्रदेशको हकमा भने दलहरुले पेश गरेको सुचीवारे आयोगले थप निर्णय लिनुपर्ने अवस्था रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले वताउनुभयो ।

प्रदेशको हकमा समानुपातिक निर्वाचनबाट निर्वाचित हुने उम्मेदवारहरुको घोषणा आगामी पुस २ गते बुझाउने तयारी गरिएको आयोगले जनाएको छ । राष्ट्रपतिले निर्वाचन परिणामको प्रतिवेदन बुझेपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन्छ ।

समानुपतिक प्रणालीबाट प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ सातवटै प्रदेशमा गरी २२० सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेश सभाको प्रत्यक्षतर्फ ३ सय ३० निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।

आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखहरुलाई बुझाएसँगै समानुपातिक प्रणालीवाट निर्वाचित सांसदहरुलाई यहि पुस ४ गते प्रमाणपत्र दिने जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP