Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

जनकपुरधाम : आर्थिक वर्ष ०७७/७८ मा विदेशबाट ३ खर्ब २३ अर्ब रूपैयाँ बराबरको खाद्यान्न आयात भएको छ।

आज जनकपुरधाममा संयुक्त रुपमा आयोजित ‘प्रादेशिक खाद्य प्रणालीको समीक्षा तथा योजना तर्जुमा’ कार्यक्रममा राष्ट्रिय योजना आयोगको कृषि महाशाखाका निर्देशक महेश खरेलले यस्तो बताएका हुन्।

विदेशबाट वर्षेनी ठूलो परिमाणमा चामल, धान, मकै र गहुँको आयात भइरहेको जानकारी दिँदै उनले ०७८/७९ मा धान चामल ४७ अर्ब ५७ करोडको, मकै २० अर्ब ४५ करोडको, गहुँ ६ अर्ब ७३ करोडको र तरकारी ३८ अर्ब ६८ करोड रूपैयाँ बराबरको आयात भएको तथ्याङ्क बताए। आयात प्रतिस्थापनका लागि देशमा नै उत्पादन बढाउनुको विकल्प नभएको उनको भनाइ थियो।

नेपालीहरूले कूल आम्दानीको ५३ दशमलव ८२ प्रतिशत खाद्यान्न खरिदमा खर्च गर्नुपरेको र ४८ प्रतिशत घरधुरी खाद्यान्नको जोखिममा रहेको बताउँदै वातावरणमा आएको नकारात्मक परिवर्तनको प्रभाव न्यून गर्न तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक भएको निर्देशक खरेलले जानकारी गराए।

कार्यक्रममा मानवलाई अधिक पोषण दिने कतिपय खाद्यहरू उत्पादन हुन छाडेकाले त्यसको संरक्षण आवश्यक भएको सहभागीहरूले बताए।

विश्वमा वातावरणमा आएको परिवर्तनका कारणले कतिपय परम्परागत खाद्यान्न बालीको उत्पादनमा आएको ह्रासबाट मानवको पोषण अवस्थामा नकारात्मक प्रभाव परेको समेत बताए। ​मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा विश्व खाद्यले कार्यक्रम गरेका थिए।

कृषि विज्ञ एवं मधेश प्रदेशका कृषि निर्देशनालयका निर्देशक डा रतनकुमार झाले लोप हुन थालेको परम्परागत बालीको संरक्षणका साथै अन्य बालीको उत्पादन बढाउन विशेष पहल गर्न आवश्यक भएको बताए।

लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले आफ्नो पालिका बगर खेती प्रोत्साहनका लागि किसानलाई विशेष अनुदान दिने पक्षमा भएको जानकारी गराए।

मधेश प्रदेशको भूमि व्यवस्था‚ कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा नम्रता सिंहले परम्परागत बालीको जगेर्ना गर्न आवश्यक भएको बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP