काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेपछि पूर्वका उद्योगी तथा व्यवसायीले आन्दोलन स्थगन गरेका छन्। बुधबार अर्थमन्त्री पौडेलसँगको वार्तापछि पत्रकार सम्मलेन गरी पूर्वका ६ वटा वाणिज्य संघले वार्तामा भएको सहमति कार्यान्वयन हुने भन्दै आन्दोलन फिर्ता लिएको जनाएका हुन्।
उद्योग वाणिज्य महासंघका वस्तुगत संघहरू एक महिनादेखि महँगो ब्याजदर र चालुपूँजी कर्जा मार्गदर्शनविरुद्ध आन्दोलनमा थिए। नयाँ सरकार गठन भएसँगै अर्थमन्त्री पौडेलले आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेका थिए। व्यवसायीले सरकारले पुस २७ गतेसम्म आवश्यक माग सम्बोधन नगरेमा पुनः आन्दोलनलाई निरन्तरता दिने जनाएका छन्।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले छिटोभन्दा छिटो समस्या समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाएकाले आन्दोलन स्थगन गरेको बताए। समस्या समाधान छिटो हुनेमा आश्वस्त भइ जिल्ला फर्किन र विरोधका सबै कार्यक्रम स्थगन गर्न उनले व्यवसायीलाई आग्रह गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया