नियमित खोप लगाउन छुटेका बालबालिकालाई विद्यालयमा खोज्दै सरकार

काठमाडौँ : नेपालमा बालबालिकामा लगाइने नियमित खोपको कभरेज घटेपछि सरकारले खोप नलगाएका बालबालिकालाई खोज्न विद्यालयस्तरमै कार्यक्रम लैजाने भएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले १५ महिनासम्मका बालबालिकामा लगाउनुपर्ने क्षयरोगविरुद्ध बी.सी.जी. खोप डी.पी.टी. हेप/ बि-हिब पोलियोको खोप दादुरा-रुबेला जस्ता लगाउनैपर्ने खोप विगत पाँच वर्षमा ४ प्रतिशत बालबालिकालाई नलगाइएको पाइएको देखाएको थियो।

यसरी कुनै पनि खोप नलगाउने बालबालिकाको संख्या धेरै रहेको पाइएपछि खोप लगाउन छुटेका तिनै चार प्रतिशत बालबालिकालाई खोज्न विद्यालयस्तरमा कार्यक्रम लैजाने तयारी गरेको परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ।

महाशाखाका खोप शाखा प्रमुख सागर दाहालका अनुसार खोप लगाउन छुटेका बालबालिकालाई विद्यालयस्तरमा खोजेर खोप लगाउन लागिएको बताए।

‘हाम्रोमा यो पाँच वर्षको बीचमा ४ प्रतिशतले खोप नलगाएको पाइएको छ। यसरी छुटेका बालबालिकालाई स्कुल स्कुलमा गएर खोजेर खोप लगाउन सकिन्छ भन्ने छ, हुन १५ महिनासम्म बालबालिकाले लगाउनुपर्ने खोप लगाइसक्नु पर्छ तर खोपको प्रभावकारिता कम भए पनि ५ वर्षभित्र पनि लगाउन सकिने हुँदा हामीले स्कुलमा खोप नलगाएका बालबालिका खोजेर खोप लगाउने योजना बनाएका हौँ’‚ दाहालले भने।

उनका अनुसार हाल २ देखि ४ वर्षमा बालबालिकाहरू विद्यालय भर्ना हुने र यसरी विद्यालय भर्ना हुन आउँदा जन्मदर्ता सहित अन्य विवरण माग्दा अभिभावकहरूसँग खोप लगाएको कार्ड पनि माग्ने र खोप लगाए नलगाएको सोधखोज गर्दा खोपको अवस्थाबारे थाहा हुने हुँदा विद्यालयलाई फोकस गरिएको दाहालले बताए।

यस्तै घरधुरी सर्वेक्षण गर्दा पनि उक्त घरमा रहेका बालबालिकाले खोप लगाएको नलगाएको खोजिने र खोप नलगाएको भेटिए खोप लगाइने समेत उनले बताए।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्षिक एक वर्षमुनिका करिब ५ लाख ३८ हजार बालबालिकालाई नियमित खोप लगाउने गरेको छ। यसमै विगत

५ वर्षमा ४ प्रतिशत अर्थात् करिब २१ हजार ५२० बालबालिका छुटेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण देखाएको हो। यो रिपोर्ट अनुसार सन् १९९६ पछि नेपालमा बालबालिकालाई लगाइने खोपको कभरेज गत पाँच वर्षमा सबैभन्दा धेरै घटेको पाइएको हो।

सन् २०१६ को यही सर्वेक्षणमा एक प्रतिशत बालबालिकाले मात्रै कुनै पनि खोप लगाएका थिएनन्। त्यस्तै सन् २०११ मा ३ प्रतिशत, सन् २००६ मा ३ प्रतिशत, सन् २००१ मा १ प्रतिशत र १९९६ मा २० प्रतिशतले कुनै पनि खोप लगाएका थिएनन्।

केही वर्षअघि सम्म नेपालमा बालबालिकामा लगाउने खोपको कभरेज अन्तरराष्ट्रिय रूपमै राम्रो हुने पाइए पनि गत पाँच वर्षभित्र बालबालिकाले लगाउने खोपको कभरेज घटेको हो।

मन्त्रालयका नीति योजना महाशाखा प्रमुख समेत रहेका वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलले पाँच वर्षको बीचमा करिब दुई वर्ष कोभिड महामारीले गर्दा लामो समयसम्म भएको लकडाउन, निषेधाज्ञा लगायतका प्रतिबन्धले बालबालिकामा लगाइने खोपको कभरेजमा कमी आए पनि खोप अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने बताउँछन्।

‘जनस्वास्थ्यको हिसाबले हाल खोप लगाउन छुटेका बालबालिकाहरूमा भोलिको दिनमा धेरै असर गर्ने हुँदा खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउनुपर्ने हुन्छ’‚ डा.पौडेलले भने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP