Trending
राजनीति नागढुंगा सुरुङमार्ग छिचोलियो, प्रधानमन्त्रीले थिचे स्विच खेल एसीसी प्रिमियर कप : एक खेलअगावै नेपाल सेमिफाइनलमा‚ ८ विकेटले हङकङ पराजित खेल एसीसी प्रिमियर कप : नेपालसामु जितका लागि ११५ रनको मध्यम लक्ष्य राजनीति ‘नेकपा एस अवसरवादी हो, सुदूरमा समीकरण फेरिए पनि केही फरक पर्दैन’ राजनीति पर्यटकीय क्षेत्रमा गस्ती गर्न पर्यटक प्रहरीलाई ई–साइकल आर्थिक ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना राजनीति शैक्षिक संस्थाको राजनीतिकरण अन्त्य गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समाज तीन पुस्तादेखिको कटुवाल पेशा धान्दै मनबहादुर समाज बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ समाज राप्रपाको जनप्रदर्शनमा अश्रुग्यास खाएर सिकिस्त भएका डाँगीको निधन

माघदेखि निक्षेपको ब्याजदर घट्ने

काठमाडौं : माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ। वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

बैंकिङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैंकर पुगेका हुन्। एसोसिएसनका अनुसार राष्ट्र बैंकको निर्देशिकाअनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको हो । 

राष्ट्र बैंकको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन्। यही सीमामा रहेर माघदेखि ब्याजदर घटाउन लागेको एसोसिएसनले जनाएको छ।

निक्षेपको ब्याज घटेसँगै बैंकहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ।

एसोसिएसनले निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने भद्र सहमति गरेसँगै बैंकिङ क्षेत्रको पाँच हजार ३११ अर्बको कुल निक्षेप मा एक हजार ३७१ अर्ब (२५.८१ प्रतिशत) बचत निक्षेपको ब्याजदर १.१ प्रतिशतले तत्कालै घट्नेछ। यसका कारण १२५ करोड रुपैयाँ मासिक ब्याज खर्च घट्नेछ। कुल निक्षेपमा ३३२ अर्ब (६.२६ प्रतिशत) मा ०.५५ प्रतिशतले ब्याजदर गर्दा तत्कालै १५ करोड मासिक ब्याज खर्च घट्नेछ। कुल १४० करोड ब्याज खर्च मासिक रूपमा तत्काल घट्ने भएको छ।

मुद्दती निक्षेपको ब्याजदर बिस्तारै घट्दै जाँदा यसले गर्दा बैंकिङको आधार दर घटी औसत कर्जाको ब्याजदर १२.६३ प्रतिशतबाट घट्ने भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP